Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

पुस्तक पाउने आसैआसमा परीक्षाको तयारी

 मुगु — सोरु गाउँपालिका–९ कालैस्थित विजय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी आधा पुस्तक नपाएरै वार्षिक परीक्षाको तयारीमा जुटेका छन् । ९ कक्षाका ७८ विद्यार्थीका लागि अर्थशास्त्र र शिक्षा विषय अझै आएको छैन । यो वर्ष कक्षा ८ का २५ विद्यार्थीले कम्प्युटर शिक्षाको किताब देख्न पाएनन् । नयाँ पुस्तक नआएपछि अघिल्लो वर्षका विद्यार्थीले पढेर च्यातिएका पुस्तक नै पढेर उनीहरूले वार्षिक परीक्षाको तयारी थालेका हुन् ।

कक्षाकोठामा पढ्दै मुगुको विजय माध्यमिक विद्यालय कालैका विद्यार्थी । तस्बिर : राजबहादुर/कान्तिपुर

‘शिक्षा र अर्थशास्त्र किताब नै पाइएन, दाइदिदीले पढेका आधा च्यातिएका किताब पढेरै परीक्षाको तयारीमा जुट्नुपरेको छ,’ कक्षा ९ की रीता बमले भनिन्, ‘झन्डै २ महिना त सरहरूले किताब नआएको भन्दै कक्षा नै लिनुभएन, कोर्स पनि मुस्किलले आधा मात्र सकिएको छ, कसरी परीक्षा दिने ?’ गाउँपालिकाले चैत दोस्रो सातादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

परीक्षा नजिकिएपछि अर्थशास्त्रको किताब कक्षा ९ का गणेश जैसी र टीकाराम जैसीले साटासाट गरेर पढिरहेका छन् । ‘नयाँ पुस्तक आएन, दुवैको घर सँगसँगै भएकाले सरहरूले पालोपालो पढ्नु भनेर पुरानो किताब दिनुभयो,’ गणेशले भने, ‘२/३ दिन आलोपालो गरेर दाजुभाइले एउटै किताब पढिरहेका छौं ।’ उनीहरू भाइभाइका छोराहरू हुन् । सबै विषयको कोर्स पनि पूरै नसकिएकाले परीक्षाको तयारीमा समस्या भएको बताए । उनका अनुसार सबैजसो विषयको झन्डै ६० प्रतिशत कोर्स मात्र सकिएको छ । किताब नआउँदा पढाइ कमजोर बन्दै गइरहेको टीकारामको भनाइ छ । उनले गत वर्ष पनि कक्षा ८ मा स्वास्थ्य, शारीरिक र नेपाली विषयको किताब दाजुभाइले आलोपालो गरेर पढेको बताए ।

एक वर्षसम्म विषयगत पुस्तक नपाएरै विद्यार्थीले परीक्षा दिनु दुर्गमको नियति भएको प्रधानाध्यापक वीरबहादुर बमले बताए । ‘विद्यार्थीको हातमा किताब छैन भने शिक्षकले पढाएको के अर्थ ?,’ उनले भने, ‘हरेक वर्ष विद्यार्थी पाठ्यपुस्तककै अभावमा परीक्षा दिन बाध्य छन् ।’ उनले ८ वर्षयता विद्यालयमा सबैजसो कक्षाको पूरै सेट किताब नआएको बताए ।

एक दशकअघिसम्म मुगुमा हवाई मार्गबाट किताब आउँथ्यो, जसका कारण किताब नपुग्ने समस्या थिएन । २०६९ सालमा मुगु सडक सञ्जालमा जोडिएयता किताब आउन समस्या हुन थालेको जनज्योति माविका प्रधानाध्यापक सुवास रावलले बताए । ‘कुनै वर्ष स्थानीय तहले बजेट निकासामै ढिलाइ गर्छन्, कुनै वर्ष जनक शिक्षाको सुर्खेत कार्यालयमा किताब हुँदैन,’ उनले भने, ‘पछिल्लो समयमा त ढुवानीको जिम्मा लिएकाहरूले किताब ल्याउनै आनाकानी गर्न थाले, ल्याए पनि १/२ वटा विषयका किताब सधैं छुटाएका हुन्छन् ।’

जिल्लाभरिका १ सय ४१ वटा सामुदायिक विद्यालयमा यो वर्ष पूरै सेट किताब नआएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । इकाईका अनुसार सबै पालिकाहरूले चैतभित्रै परीक्षा सक्ने तयारी गरेका छन् । गत वर्ष खत्याड गाउँपालिकामा ढुवानी भएको पाठ्यपुस्तक सडक अवरुद्ध हुँदा झन्डै ३ महिना जुम्लाको गोठीज्युलामा अलपत्र परेको थियो । शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअघि नै पुस्तक पुर्‍याउने नीति भए पनि मुगुमा सधैं किताब अभाव हुने गरेको इकाई प्रमुख सूर्य खत्रीले बताए ।

प्रकाशित : फाल्गुन २०, २०७९ ०७:२३

Comments

Popular posts from this blog

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्रभाव नेपालले भोगिरहेको उल्लेख गर्दै उहाँले यो केवल मानवीय संक...

सर्वोच्चले भन्यो ‘अन्य प्रमाणबाट पनि श्रीमान्–श्रीमतीको नाता पुष्टि हुन सक्छ’

सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ताको प्रमाणपत्र बाध्यकारी नभएको व्याख्या गरेको छ। प्रमाणपत्र अनिवार्य र अपरिहार्य नहुने भन्दै सर्वोच्चले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ। आपसी सल्लाहमा मन्दिरमा गएर विवाह गरेका, त्यसपछि डेरा लिएर पतिपत्नीको रूपमा बसेका तर विवाह दर्तालगायत कुनै पनि प्रक्रिया पूरा नगरेको अवस्थामा समेत विवाहित मान्न मिल्ने फैसलाको पूर्णपाठमा उल्लेख छ।  एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्नीको रूपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर्ता अनिवार्य नहुने’ भनेको छ। ‘विधायिकाले कुनै कार्यबाट एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने भनी कानुनी आधार बनाएको थियो,’ सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘प्रत्यक्ष प्रमाणको अभाव भए पनि वैवाहिक सम्बन्ध देखिने अन्य सान्दर्भिक प्रमाण र परिस्थितिजन्य प्रमाणबाट निष्कर्षमा पुग्नुपर्ने हुन्छ।’ २०६४ सालमा विराटनगरस्थित मेट्रोपोलिस क्याम्पसमा उच्च तहको अध्ययन गरिरहेका बेला सुनसरीकी ...

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty