Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

शिक्षाको गुणस्तरकाे अर्थ र गुणस्तर बृध्दिका निर्धारक तत्वहरु




शिक्षाको गुणस्तर भनेको शिक्षाको त्यो स्तर अथवा अवस्था हो जुन अवस्थामा विद्यार्थीहरुको मानसिक बौध्दिक सामाजिक जस्ता सर्वाङ्गिण बिकास भएको हुन्छ । शिक्षाको गुणस्तर एक ब्यापक अवधारणा हो । धेरैले परीक्षाको नतिजामा प्राप्त औसत उपलब्धि, उतिर्ण बृद्दिदरलाई शिक्षाको गुणस्तरको मानकको रुपमा हेरेको पाइन्छ ।

यस धारणालाई परीक्षाको नतिजामा मात्र सिमित नगरी अर्थात समग्र पक्षलाई जोडेर हेर्नुपर्दछ । शिक्षाको गुणस्तरको अर्थ र परिभाषा देश काल परिस्थिति बिषय प्रसंग अनुसार फरक फरक हुनसक्छ । आर्थिक रुपमा आर्थिक उपार्जन गर्न सक्ने, सामाजिकरुपमा समाज सापेक्ष सामाजिक सम्बन्ध कायम गर्न सक्ने,नैतिकरुपमा असल अनुशासित र चरित्रवान नागरिक बनाउने जस्ता शिक्षाको क्षमता वा गुणको बिकास हुनुलाई शिक्षाको गुणस्तर भनिन्छ । ओभरअलमा भन्नुपर्दा शिक्षाको गुणस्तर भन्नाले विद्यार्थीले प्राप्त गरेको उच्च अंक लगायत उसको हरेक पक्षमा ल्याउने गुणात्मक तथा परिमाणत्मक परिवर्तनसँग सम्बन्धित हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम गुणी,अब्बलदर्जाको नागरिक बनाउने शिक्षाको स्तरलाई शिक्षाको गुणस्तर भन्न सकिन्छ ।  

हामीले यदाकदा भन्ने गर्छौ शिक्षाको गुणस्तर घट्दो छ राज्यले जति लगानी शिक्षामा गरेको छ तर सो अनुरुप शिक्षाको गुणस्तर बढ्न सकेको छैन शिक्षाको गुणस्तर घट्नु र बढ्नुमा अर्थात शिक्षाको गुणस्तर निर्धारणमा शिक्षासँग बिभिन्न प्रत्यक्ष अप्रत्यक्ष अवयवहरु तथा फ्याक्टरहरुको हात रहन्छ । शिक्षाको राष्ट्रिय उद्देश्य परिपूर्ति गरी

           शिक्षाको गुणस्तर बृध्दि गर्न त्यस्ता फ्याक्टरको पहिचान हुनु आवश्यक हुन्छ ।mती निर्धारक तत्वहरु निम्न हुन सक

ः१. योग्य शिक्षक र उसले प्रयोग गर्ने शिक्षण तरिका ः शिक्षामा गुणस्तर निर्धारणमा शिक्षकको योग्यता क्षमता र उस्ले पढाउने तरिका प्रमुख तत्व मानिन्छ । शिक्षक योग्य रहेन र उसले कक्षामा प्रस्तुत गर्ने शिक्षण बिधि पध्दति सही छैन भने रातभरि करायो दक्षिणा हरायो भने झै केही उपलब्धि हासिल हुन सक्दैन ।

२.स्तरीय पाठ्यक्रम उपयुक्त र सान्दर्भिक बिषयवस्तु ः शिक्षक योग्य दक्ष र उस्ले शिक्षण शिक्षण गर्ने हरेक तरिकाहरु बलमैत्री छ सिकाइलाई उत्प्रेरित गर्ने खालको छ तर उसले पढाउने पाठ्यक्रम उपयुक्त छैन बिषयबस्तु असान्दर्भिक छ भने शिक्षकले जति नै मिहनेत गरेपनि फलदायी हुन सक्दैन । किनकी शिक्षण सिकाइको केन्द्रबिन्दु पाठ्यक्रम तथा बिषयबस्तु पनि हो । शिक्षक, बिषयवस्तु र विद्यार्थीबीचको अन्तक्र्रिया हो शिक्षण सिकाइ । पाठ्यक्रम तथा बिषयबस्तु उपयुक्त सान्दर्भिक छ भने शिक्षण सिकाइ नतिजामुखी बन्छ र शिक्षामा गुणस्तर पनि बढ्छ ।

 ३.सिकाइ वातावरण ः सिकाइ वातावरण भन्नाले विद्यार्थीले सहज रुपमा सिक्न पाउने अवस्था हो । शिक्षाको गुणस्तर निर्धारणमा सिकाइ वातारणले प्रभाव पार्दछ । चाहे घरमा होस् चाहे विद्यालयमा होस् विद्यार्थीले सहजरुपमा सिकाइको अवसर पाएको छ छैन भन्ने कुरामा ध्यान दिनु पर्छ । स्कुलमा शिक्षको बालमैत्री व्यवहार र घरमा मायालु वातारण छ भने अवश्य उसको पढाइप्रति उत्प्रेरणा जाग्छ । यसै गरी शिक्षकलाई पनि सिकाउने उपयुक्त वातारण पाउनु पर्छ । यसरी सिक्ने सिकाउने दुबै पक्षले सहयोगपूर्ण उत्प्रेरणामूलक वातारण पाउनुपर्छ ।                        ४.विद्यालयको कुशल व्यवस्थापन ः विद्यालयको आर्थिक भौतिक मानव, पूजि, आदि विविध श्रोतसाधनहरुलाई उच्चतम प्रयोग गरी विद्यालयको लक्ष्य पुरा गर्न उपयुक्त तरिकाले परिचालन गर्नु विद्यालय व्यवस्थापन हो । यो एक मानव संयन्त्र हो, एक संयुक्त प्रयास पनि हो । विद्यालय संचालन रेखलेख र व्यवस्थापन सहीपाराले हुन्छ भने त्यसलाई व्यवस्थापकीय कुशलता भनिन्छ । यही कुशल व्यवस्थापनको कारणले विद्यालयको शैक्षिक उपलब्धि बृध्दि भएर शिक्षामा गुणस्तर आउँछ । यसकारणले यसलाई शिक्षाको गुणस्तर निर्धारणको तत्व मानिएको हो ।

 ५.अभिभावक र समुदायको सचेतता सहयोग ः शिक्षाको गुणस्तर निर्धारणमा अन्य तत्वहरु जत्तिकै अभिभावक र समुदायको सचेतना र सहयोगको पनि प्रमुख भूमिका हुन्छ । पढाइलेखाइमा शिक्षकको मात्र भुमिका रहन्न यसमा अभिभवकको पनि भूमिका हुन्छ । व्यवस्थापन अधिकांश समय घरमा नै बित्छ । यसैले आफ्नो छोराछोरीहरुको पढाइलेखाइमा अभिभावकले घरदेखि स्कुल सम्म चासो राख्नुपर्छ साथै शिक्षकसँग पढाइको जानकारी लिने आवश्यक काममा शिक्षकलाई सहगोग गर्ने कार्य गर्यो भने अवश्य शिक्षामा सुधार आयँछ । यसै गरी समुदायले पनि विद्यालयलाई आवश्यक सहयोग पुर्याउने काम गर्नेपर्छ । विद्यालय व्यवस्थापन समिति गठनदेखि विद्यालयको हरेक गतिबिधिमा सक्रिय चासो बढाई निगरानी राख्यो भने शिक्षामा






  • Comments

    Popular posts from this blog

    UANTO IMG COLLECT

     

    Dim Janata School

    रित्तो हात लिएर जागरिबाट अवकाश पाएका

        रित्तो हात लिएर जागरिबाट अवकाश पाएका धनबहादुर केसी पटकपटक थमैतीमा परेका सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट अवकास पाए । अदालतको आदेशमा थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन । हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्सा...

    सामाजिक संजालमा भाइरल सुरक्षा

    सामाजिक संजालमा भाइरल सुरक्षा : मोहनी लागायो की मन्तर गरेर कपाल कोरेर साली भाटू संगई बसम पिरिम जोडेर सामाजिक संजालमा भाइरल बनिरहेको छ

    Followers