Skip to main content

Posts

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

रसरंग र स्वास्थ्य

 सिन्धुलीमा ‘सिटामोल’ सिन्धुलीमा गरिएको नेपाली चलचित्र ‘सिटामोल’को निर्देशन राजबहादुर सानेले गरेका हुन् ।   माओवादी जनयुद्धको कथा उठान गरेको उक्त सिनेमा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको  सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्। बेनिशाले बच्चा बोकेकी छन्। यो तस्बिरबाट सिनेमामा उनीहरु श्रीमान् श्रीमतीको रूपमा प्रस्तुत भएको बुझ्न सकिन्छ। सार्वजनिक लुक्सबाट सौगातलाई जनयुद्धको घाइतेको रूपमा देखाइएको हुनसक्ने बुझिन्छ। बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले दृश्याङ्कन गरेका हुन् । खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ : –  अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्। – पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ। – मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ। – खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि धेरै चपाएर ...

शिक्षामा स्थानीय सरकारको दायित्व : साभार मार्टिन चौतारी

  शिक्षामा स्थानीय सरकारको दायित्व -  लोकरञ्‍जन पराजुली ,  देवेन्द्र उप्रेती ,  रुख गुरुङ   | 2021-09-24 संघीय विधायिका, प्रादेशिक विधायिका र स्थानीय तहको निर्वाचनसँगै संघीय गणतान्त्रिक नेपालको संविधान, २०७२ क्रियान्वित हुँदै छ । पुरानो शासन व्यवस्था (एकात्मक) बाट नयाँ (संघीय) मा जाने क्रममा नयाँ संविधानमार्फत तीनै थरी सरकारबीच अधिकार र दायित्वहरू बाँडफाँड गरिएको छ ।   यससँगै हिजोसम्म केन्द्रीय सरकार मातहत रहिआएको विद्यालय  शिक्षाको सञ्चालन प्रक्रिया अहिले स्थानीय सरकारको क्षेत्राधिकारभित्र पुगेको छ । संघीय सरकार, शिक्षक र तिनका संघ–संगठन तथा शिक्षा सेवाका कर्मचारीको अरुचि (र केहीको हकमा विरोध) का बावजुद विद्यालय शिक्षामा स्थानीय सरकारको संलग्नता ह्वात्तै बढिसकेको छ । स्थानीय सरकार अन्तर्गत विद्यालय शिक्षा सञ्चालन हुने क्रममा विभिन्न मुद्दा, सरोकार एवं जोखिमसमेत सतहमा आएका छन्, जसबारे यो आलेख केन्द्रित छ । जनप्रतिनिधिको बढ्दो निगरानी संविधानले विद्यालय शिक्षालाई स्थानीय सरकार मातहत हुने व्यवस्था गरेपछि सार्वजनिक विद्यालयका शिक्षकहरूको तलब स...

अति गोप्य रूपमा अघि बढ्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको काम :रातोपाटी

रातोपाटी खबरबाट https://www.ratopati.com/story/410012/tribhuvan-university-upakulpati-  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोठा नम्बर ३०४ । भित्र छन्– उपसचिव तेज प्रकाश प्रसाईं । उक्त कोठाभित्र पनि अर्को गोप्य कोठा छ, जहाँ उनी बस्छन् र कामकाज गर्छन् । बाहिरका आगन्तुकसँग उनको सहजै भेटघाट हुँदैन । उनको व्यस्तता त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि हो । सरकारले उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न छनोट तथा सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले १५ दिने सूचना आह्वान गरेर सार्वजनिक रूपमा दरखास्त मागेको थियो । त्यही आधारमा ४३ जनाले आवेदन दिएका छन् । ती आवेदनकर्ताको आवेदन रूजु गर्ने, मूल्याङ्कन गर्ने लगायतका कार्य उपसचिव प्रसाईंको हातमा छ । बाहिरबाट कसैको पहुँच पुग्न नसकोस् भनेर उनलाई गोप्य रूपमा राखेर काम गर्न दिइएको हो । शिक्षा मन्त्रालयले यतिबेला उनलाई यही कामको लागिमात्रै खटाएको छ । यहाँसम्म कि उनले सञ्चारमाध्यममा समेत धेरै बोल्ने गरेका छैनन् । रातोपाटीसँगको छोटो कुराकानीमा उपसचिव प्रसाईंले जति सक्दो चाँडो उपकुलपतिको नाम सिफारिस गर्ने गरी काम भइरहेको बताए ।...

खबर स‌ग्रह

एक नम्बरमा नाम निस्कियो तर दरबन्दी चट । दरबन्दी लुकाउने प्रवृत्तिले सिर्जित यो समस्या सांसदहरुको विधुतिय हाजिरी प्रतिनिधिसभाका १७२ सांसदहरूको विद्युतीय हाजिरी लिनका लागि सङ्घीय संसद् सचिवालयले सांसदहरूको औँठाछाप लिने काम सम्पन्न गरेको छ ।  बिगतमा जस्तो अनुपस्थित भएर पनि हाजिर गरेर भत्ता बुझ्ने चलन रहेकोमा विद्युतीय हाजिरीले सांसदहरुलाई तोकिएको समयमा जाने आउने नियम  बसाउने र नआएको दिनको भत्ता बुझ्ने कार्यलाई पनि रोक लाग्नेछ भन्ने विश्वास गरेको छ सांसदहरूले बैठक कक्ष बाहिर तथा भित्र उपयुक्त स्थानमा गएर सहज ढङ्गले हाजिरी गर्ने प्रबन्ध गरिएको छ । ।  यता राष्ट्रियसभाले भने यसअघिदेखि नै विद्युतीय हाजिरी सुरु गरिसकेको छ । गज्जवको संयोग एउटै पालिकामा बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत, भतिजाे इन्जिनियर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ ।  पालिकामा अधिकृत नभएकै कारण बाउछोरालाई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने सौभाग्य जुरेको हो ।  यतिमात्र ...

ताजा खबर

डीएसपीसहित ४ प्रहरीलाई कारबाही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट घटनामा डीएसपीसहित चार प्रहरीलाई कारबाहीका लागि सिफारस गरिएको छ।  कारबाही सिफारिस पर्नेहरुमा प्रहरी जवानदेखि डीएसपीसम्मका कर्मचारी छन्। छानबिन समितिका एक सदस्यका अनुसारका कारबाहीका लागि सिफारिस हुनेहरुमा डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतो छन्।  नापी कार्यालयका अमिनलाई घुससहित पक्राउ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय,नवलपरासीका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले बर्दघाट सुस्ता पश्चिमका अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।ढकालले जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोनार्थ सेवाग्राहीसँग ४ हजार घुस लिएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। प्रवक्ता घिमिरेका अनुसार गत पुस ११ गते ढकाललाई सेवाग्राहीबाट ४ हजार घुस लिइसकेको अवस्थामा अख्त...

लौरो खबर

शारीरिक रूपमा कमजोर रहेका नर्वेका राजा हेराल्ड पाँचौँले पद छाड्ने आफ्नो कुनै योजना नभएको दोहोर्‍याएका छन्। डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनक रूपमा पद छाड्ने निर्णय एक्कासी गरेपछि मंगलवार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा राजा हेराल्ड पाँचौँको यो भनाइ बाहिर आएको हो। ‘म सधैँ आफूले भनेको कुरामा अडिग छु, मैले स्टोर्टिङ (संसद्) को शपथ लिएको छु र यो जीवनभरका लागि हो,’ युरोपभरिमा सबैभन्दा वृद्ध राजा हेराल्ड पाँचौँको भनाइ उद्धृत गर्दै नर्वेका सञ्चारमाध्यमले जनाएका छन्। राजा हेराल्ड पाँचौँले छोरा युवराज हाकनसँगै राजधानी ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा यस्तो टिप्पणी गरेका हुन्। ३३ वर्षदेखि सिंहासन सम्हालेका राजा हेराल्ड पाँचौँ यही फेब्रुअरी २१ मा ८७ वर्ष पुग्दै छन्। आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले टिप्पणीकारहरूलाई हेराल्ड पाँचौँले आफ्नी ८३ वर्षीया टाढाकी बहिनी मार्गरेटको पाइला पछ्याउन सक्ने सम्भावना रहेको अड्कल काट्न प्रेरित गरेको थियो। बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आएकी मार्गरेटले भने नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty