Skip to main content

Posts

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

कार्यमूलक अनुसन्धान प्रतिवेदन

Download Now पुरै फाइल डाउनलोड गर्न तलको Download बटनमा click गर्नुहोस् । नोट : पुरै फाइल डाउनलोड गर्न 1000- subscribers पुगेको हुनुपर्छ । त्यसैले भिडियोलाई सक्दो शेयर गरेर subscribers बढाउनुपर्ने हुन्छ । get links

तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटना किस्मीले लेखेकी थिइन्– यादहरूसँग मर्ने लक्ष्य छ

    पोखरा । यती एयरलाइन्सले १६ जुन २०१७ मा आफ्नो फेसबुक पेजमा एयर होस्टेजको मुस्कानसहितको तस्बिर राखेर लेखेको थियो, “मुस्कान हाम्रो भाषा हो ।” तस्बिरमा मुस्काइरहेकी युवती चाहिँ किस्मी थापा थिइन् । उनको सामाजिक सञ्जाल नियाल्दा मुस्काइरहेका तस्बिर देखिन्छन् अनि देखिन्छन्, उनको एयरलाइन्स लक्ष्य र सपना । फुटबल खेलाडी रोनाल्डोको फ्यान रहेकी थापाले दुई दिनअघि पनि उनै फुटबलरको तस्बिर सेयर गरेकी थिइन्, जुन सामाजिक सञ्जालमा उनको अन्तिम पोस्ट बन्न पुग्यो । ‘योर लाइफ इज योर रोड, अन्ली यू क्यान वाक अन इट’, ‘आई मिस फ्लाइङ इन द स्काई, कोरोना गो सुन...’ । सामाजिक सञ्जालमा कुनैबेला थापाले सेयर गरेका क्याप्सन हुन् यी । यी दुई वाक्यले नै उनको विगतको संघर्ष र सफलतालाई पुष्टि गर्छ । तर, अब उनी नै इतिहास भइसकिन् । आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमान सोमबार बिहान भेटिँदा विमानमा सवार २२ जनाकै निधन भएको छ । तिनै २२ मध्येकी एक हुन् किस्मी । उनी यात्रु नभई क्याबिन क्रू मेम्बर हुन् । साथीहरूका लागि उनी मनिषा हुन् । परिवारको लागि अविभावक । ‘म हावासँग सम्बन...

फिल्म ‘काँडेतार’ को फष्टलुक सार्वजनिक

  फिल्म ‘काँडेतार’ को फष्टलुक सार्वजनिक भएको छ । गणतन्त्र दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको एकपोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । फष्टलुक पोष्टरमा अभिनेता नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्कीलगायत कलाकार हातमा काँडेतार लिएको अवस्थामा देखिएका छन् । फिल्म नवल खड्काले नै निर्देशन गरेका हुन् । फिल्ममा नवल, गौरव, रेविका, सुरविनाको अलवा मुरली धर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय छ । नवल, माकिको राई र अञ्जु केसीकाे निर्माण रहेको फिल्ममा शिवम अधिकारी र नवल खड्काकै लेखन छ । सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य, मणि थापा, दीपक शर्माको संगीत रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् । फिल्म सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो । नवलले यस अगाडि राष्ट्रियताको बिषयमा दशगजा, भीमदत्त लगायतका फिल्म बनाएका थिए ।

‘नो भोट

  निर्वाचन भन्नासाथ हामी चुनावी प्रतिस्पर्धामा उठेका राजनीतिक दलका उम्मेदवारलाई मत हाल्ने भन्ने बुझ्छौँ । निर्वाचनमा सबैभन्दा बढी मत पाउने विजयी हुन्छ । तर कहिलेकाहीँ निर्वाचनमा मतदातालाई कुनै पनि उम्मेदवार भोट दिन लायक नभएको पनि लाग्न सक्छ । नेपालमा आफूलाई मन पर्ने कोही पनि उम्मेदवार चुनावमा उठेका छैनन् भने चुनावको दिन घरमै बसेर मतदाताले आफ्नो विरोध जाहेर गर्छन् । तर विश्वका केही देशमा मतदानस्थल गएर पनि आफ्नो विरोध जाहेर गर्ने व्यवस्था छ । यसलाई ‘नो भोट’ वा ‘राइट टु रिजेक्ट’ वा ‘नेगेटिभ भोटिङ’ भनिन्छ ।  यो व्यवस्थाबारे नेपालमा पनि चर्चा नभएको भने होइन । विगतमा सर्वोच्च अदालतले यो व्यवस्था कार्यान्वयन गराउन आदेश समेत दिएको थियो । नेपालको सर्वोच्च अदालतले २०७० पुस २१ गते भविष्यमा हुने संसदीय वा स्थानीय निर्वाचनमा नकारात्मक भोटको व्यवस्था गर्न नेपाल सरकार र निर्वाचन आयोगलाई निर्देशन दिएको थियो । न्यायाधीश कल्याण श्रेष्ठ र प्रकाश वस्तीको संयुक्त इजलासले विकास लकाइ खड्कासहित तीन जनाले दायर गरेको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको थियो । फैसला अनुरूप नेपालमा हुने सबै प्...
  काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह (बालेन)लाई बधाई दिनेको ओइरो छ । सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको लर्को छ । बधाई दिनेको यो भीडमा एउटा ‘बधाई’ले चाहिं धेरैजनाको ध्यानाकर्षण गरिरहेको छ बालेन पत्नी सबिना काफ्लेको । बालेनले उम्मेदवारी दिएलगत्तै मिडियाको आकर्षणमा परेकी सबिनाको अहिलेको चर्चा सेलिब्रिटीको भन्दा कम छैन । सबिनाले फेसबुकमार्फत मर्मस्पर्शी बधाई दिएकी छन् । उनको यो बधाई अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनी लेख्छिन्, ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।’ ‘घरभित्रबाट जितेर हिंडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ,’ उनी लेख्छिन् । सबिनाको यो बधाई सन्देशमा धेरैजनाले ‘एउटा सफल पुरुषको पछाडि नारी’ हुनुको सन्दर्भ उल्लेख गरेका छन् ।

५० पालिकाको नतिजा सार्वजनिक

 परिणाम सार्वजनिक भएका पालिकामध्ये कांग्रेस तीन सय २७ पालिकाको नेतृत्वमा जित हात पार्दै स्थानीय तहमा पहिलो पार्टी बनेको छ । त्यसैगरी, एमालेले दुई सय पाँच स्थानमा विजयी हुँदै दोस्रो पार्टी बन्दा माओवादी एक सय २१ स्थानमा जित हात पार्दै तेस्रो भएको छ । जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार स्थानमा जित हासिल गरेका छन् । जनमत पार्टीले दुई, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले एक–एक स्थानमा जित हात पारेका छन् ।  १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर)को प्रमुखमा विजयी भएका छन् । यसबाहेक स्वतन्त्र उम्मेदवारहरू प्रह्लादकुमार क्षेत्री (बर्दिबास नगरपालिका, म...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty