Skip to main content

Posts

पढाइ शुरु भयो तर बालबालिकाहरु भने होल्डिङ सेन्टरमा

  काठमाडौंका खोला किनारामा घरटहरा बनाएर बसेकाहरूलाई अहिले विभिन्न स्थानको ‘होल्डिङ सेन्टर’मा राखिएको छ । नयाँ शैक्षिक सत्र हुँदा बालबालिका भने विद्यालय जान पाएका छैनन्  विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्वासी बस्तीका बालबालिका आफ्नो बासस्थाननजिकै रहेको विद्यालयमा पठनपाठनका लागि जान्थे । तर, सरकारले बस्ती हटाएर अन्यन्त्र सारेपछि होल्डिङ सेन्टरमा राखिएका विद्यार्थीहरूको पढाइमा बाधा परिरहको छ ।   । काठमाडौं महानगरपालिका अनुसार, चार देखि १६ वर्ष उमेर समूहका बालबालिका अभिभावकसँगै विभिन्न होल्डिङ सेन्टरमा छन् । दशरथ रंगशालामा रहेको दर्ता केन्द्रमा दर्ता भएअनुसार हालसम्म विद्यालय जाने उमेर समूहका ५९ बालबालिका छन् । वैशाख १४ गते ६ बालिबालिका दर्ताका लागि आएका थिए । त्यस्तै, १५ गते १९ जना, १८ गते २३ जना, १९ गते आठजना र २० गते तीन बालबालिकाको दर्ता भएको दर्ता सेन्टरले जनाएको छ ।   दर्ता हुन आएकाहरूलाई काठमाडौंको माछापोखरी, बोडे, चोभार, बसपार्क, सुन्धाराका होटेल, बालाजु, गोंगबुमा राखिएको छ । हालसम्म २८ सयभन्दा बढी सुकुम्वासीले नाम दर्ता गराएका छन् । यसमध्ये स्कुले ...

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा onlinekhabar.com

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा onlinekhabar.com बाट साभार News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ...

यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू

  6.3K Shares यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू प्रविधिको तीव्र विकाससँगै मानिसहरूमा दिनप्रतिदिन कृत्रिम बुद्धिमत्ता अर्थात् एआई आधारित प्रविधिको प्रयोग बढिरहेको छ । त्यसमध्ये विश्वभर सबैभन्दा लोकप्रिय च्याटबटको रुपमा रहेको च्याट जिपिटीले हाम्रो जीवनशैलीमा नयाँ ढंगले प्रभाव पार्न तथा अन्तरक्रिया गर्न थालेको छ । तर कहिलेकाहीँ यससँगको अन्तरक्रियाले हाम्रो व्यक्तिगत गोपनीयता जोखिममा पार्न सक्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन्। च्याट जिपिटी : एआई हो तर पूर्ण सुरक्षा छैन ओपन एआईद्वारा विकास गरिएको च्याट जिपिटी एक प्रकारको जेनेरेटिभ भाषा मोडेल हो । यसले प्रयोगकर्ताको प्रश्नको उत्तर स्वतः तयार पार्छ। यसले सामान्य ज्ञान, लेख, कथा, गीत, योजना, कानुनी सुझाव, स्वास्थ्य टिप्स आदि अनेक विषयमा सटिक जवाफ दिन सक्छ। तर, यो कुनै विवेकी मानिस होइन, न कुनै प्रमाणित डाक्टर वा वकिल। त्यसैले यससँगको अन्तरक्रियामा सधै सजगता अपनाउनु आवश्यक छ। च्याट जिपिटीसँग कस्ता जानकारी शेयर गर्नु हुँदैन ? १. व्यक्तिगत विवरणहरू :  आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर, पासपोर्ट नम्बर, नागरिकता, तथा अन्य पर...

Followers