Skip to main content

Posts

सामाजिक संजालमा भाइरल सुरक्षा

सामाजिक संजालमा भाइरल सुरक्षा : मोहनी लागायो की मन्तर गरेर कपाल कोरेर साली भाटू संगई बसम पिरिम जोडेर सामाजिक संजालमा भाइरल बनिरहेको छ

प्रभावशाली महिलाको सूचीमा मधेशकी छोरी कलादुत सरिता साह

प्रभावशाली महिला’ को सूचीमा मधेशकी छोरी कलादुत सरिता साह आफ्नो नाट्यकलामार्फत मधेश प्रदेशलाईमात्र हैन पूरै नेपाललाई विश्वमा चिनाउन सफल मधेशकी छोरीहरु मध्येकी एउटा नाम हो सरिता साह । उनी महोत्तरी जिल्लाको सानो गाउँ टिम्कीयामा जन्मिएका ६ छोरीहरुमध्येकी सरिता माइली हुन् । बाल्यकालबाटै लैंगिक विभेदको भोगाइ अनुभव गरेकी सरिताको दाजुभाइ छैनन् । उनी २०८० को प्रभावशाली महिलको सूचिमा परेकी छिन् । अनलाइनखबरको जुरीले १०० महिलाहरुमध्येबाट ५० जनालाई २०८० सालको प्रभावशाली महिला छनौट गरेको थियो । जसमा उको नाम पनि समावेश छ । उनलाई अनलाईन खबरले मधेशलाई मूलधारसँग जोड्ने कलादूतको रुपमा लिएको छ । वास्तवमा उनले आफ्नो कलामार्फत नेपाललाई विश्वमा चिनाएकी छिन । सरिताले सञ्चारमाध्यममा न्युजरीडर, कार्यक्रम प्रस्तोता, कलाकार र नाटक निर्माता/निर्देशकको रुपमा काम गरिसकेकी छिन् । महिलाहरूलाई शिक्षाको अधिकारबाट वञ्चित भएको समुदायमा हुर्किए पनि उनले आफ्नो स्नातक तह सफलतापूर्वक पूरा गरिन्। उनलाई कलाकारको रुपमा स्थापित गर्न पनि सजिलो थिएन । नाटक र चलचित्रले समाजमा दिर्घकालिन चेतना र परिवर्तन ल्याउन सक्छ भन्ने व...

उत्कृष्ट राष्ट्रिय शिक्षा पुरस्कार २०८०’ बाट पुरस्कृत प्रभावशाली महिला दुर्गमकी अब्बल गुरुआमा

प्रभावशाली महिला’ को सूचीमा दुर्गमकी  गुरुआमा कोशी प्रदेशको भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ३ सिक्तेलटारमा रहेको चन्द्रावती आधारभूत विद्यालय (कक्षा१–८) की प्रधानाध्यापक भक्तकुमारी तामाङ अनलाइन खबरले छानेको ५० जनामध्ये २०८० सालको प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी छिन् । तामाङ प्राथमिक तहका शिक्षक हुन् । अनलाइन खबरले दुर्गमकी अब्बल गुरुआमा संज्ञा दिएको छ । ‘५० प्रभावशाली महिला’ को अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश        कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको सूची तयार गरेको थियो । अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा,पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबर डटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए । अनलाइनखबरको प्रभावशाली महिलाको सूचिमा मात्र हैन शिक्षा मन्त्रालयले यस वर्षको ‘उत्कृष्ट राष्ट्रिय शिक्षा पुरस्कार २०८०’ बाट पुरस्कृत गर्ने सूचीमा भक्तकुमारी...

Followers