Skip to main content

Posts

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

लौरो खबर

शारीरिक रूपमा कमजोर रहेका नर्वेका राजा हेराल्ड पाँचौँले पद छाड्ने आफ्नो कुनै योजना नभएको दोहोर्‍याएका छन्। डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनक रूपमा पद छाड्ने निर्णय एक्कासी गरेपछि मंगलवार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा राजा हेराल्ड पाँचौँको यो भनाइ बाहिर आएको हो। ‘म सधैँ आफूले भनेको कुरामा अडिग छु, मैले स्टोर्टिङ (संसद्) को शपथ लिएको छु र यो जीवनभरका लागि हो,’ युरोपभरिमा सबैभन्दा वृद्ध राजा हेराल्ड पाँचौँको भनाइ उद्धृत गर्दै नर्वेका सञ्चारमाध्यमले जनाएका छन्। राजा हेराल्ड पाँचौँले छोरा युवराज हाकनसँगै राजधानी ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा यस्तो टिप्पणी गरेका हुन्। ३३ वर्षदेखि सिंहासन सम्हालेका राजा हेराल्ड पाँचौँ यही फेब्रुअरी २१ मा ८७ वर्ष पुग्दै छन्। आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले टिप्पणीकारहरूलाई हेराल्ड पाँचौँले आफ्नी ८३ वर्षीया टाढाकी बहिनी मार्गरेटको पाइला पछ्याउन सक्ने सम्भावना रहेको अड्कल काट्न प्रेरित गरेको थियो। बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आएकी मार्गरेटले भने नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको...

Teacher Wanted

 

Followers