शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत मिति : २०७६।१०।१२ गते( माननीय मन्त्रीस्तरबाट) शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ शिक्षा तथा मान स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर२ ०७६ प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपुलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोशिमको दरबन्दी मिलानको काय स्थानीय तहगत रुपमा बाडफाड गरी दरबन्दी मिलान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिनेभनी मिति २०७६।०५।०४ मा भएको निर्णयलाई प्रकयागत रुपमा सरल, सहि र पारदर्शीढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागु गरको छ । परिच्छेद–१ प्रारम्भिक १. सक्षिप्त नाम प्रारम्भ : (१) यस कार्यविधिको नाम : शिक्षक दरबन्दी(मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ रहको छ । (२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ । २. परिभाषा : विषय वा प्रसंगले अर्को अर
शारीरिक रूपमा कमजोर रहेका नर्वेका राजा हेराल्ड पाँचौँले पद छाड्ने आफ्नो कुनै योजना नभएको दोहोर्याएका छन्। डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनक रूपमा पद छाड्ने निर्णय एक्कासी गरेपछि मंगलवार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा राजा हेराल्ड पाँचौँको यो भनाइ बाहिर आएको हो। ‘म सधैँ आफूले भनेको कुरामा अडिग छु, मैले स्टोर्टिङ (संसद्) को शपथ लिएको छु र यो जीवनभरका लागि हो,’ युरोपभरिमा सबैभन्दा वृद्ध राजा हेराल्ड पाँचौँको भनाइ उद्धृत गर्दै नर्वेका सञ्चारमाध्यमले जनाएका छन्। राजा हेराल्ड पाँचौँले छोरा युवराज हाकनसँगै राजधानी ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा यस्तो टिप्पणी गरेका हुन्। ३३ वर्षदेखि सिंहासन सम्हालेका राजा हेराल्ड पाँचौँ यही फेब्रुअरी २१ मा ८७ वर्ष पुग्दै छन्। आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले टिप्पणीकारहरूलाई हेराल्ड पाँचौँले आफ्नी ८३ वर्षीया टाढाकी बहिनी मार्गरेटको पाइला पछ्याउन सक्ने सम्भावना रहेको अड्कल काट्न प्रेरित गरेको थियो। बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आएकी मार्गरेटले भने नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको सम्बोधनमा आफ्नो सबैभन्दा ठूल