Skip to main content

Posts

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत मिति : २०७६।१०।१२ गते( माननीय मन्त्रीस्तरबाट) शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ शिक्षा तथा मान स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर२ ०७६ प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपुलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोशिमको दरबन्दी मिलानको काय स्थानीय तहगत रुपमा बाडफाड गरी दरबन्दी मिलान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिनेभनी मिति २०७६।०५।०४ मा भएको निर्णयलाई प्रकयागत रुपमा सरल, सहि र पारदर्शीढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागु गरको छ । परिच्छेद–१ प्रारम्भिक १. सक्षिप्त नाम  प्रारम्भ : (१) यस कार्यविधिको नाम : शिक्षक दरबन्दी(मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ रहको छ । (२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ । २. परिभाषा : विषय वा प्रसंगले अर्को अर

नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व

१ नागरिक शिक्षाको अर्थ  नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे ।  त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।  नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य र कानुनी उपचार बारे सचेत गराउने शिक्षा नागरिक शि

शान्तिदुतका रुपमा शिक्षक

शान्तिदुतका रुपमा शिक्षक समाजमा शान्ति प्रवर्द्धन गरी मानव समाजलाई स‌रक्षित र सम्मानजनक जीवन यापन गर्न सक्षम तुल्याउनमा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । शान्ति प्रवर्द्धन गर्ने सबैभन्दा प्रभावकारी र निर्दोष माध्यम शिक्षा नै हो । त्यसैले शिक्षक शान्तिका दूत पनि हुन् । डेभिड आर. कोनराड (सन् १९८९) भन्छन्— ।वास्तवमा शान्ति शिक्षा शिक्षकका लागि थप जिम्मेवारी होइन, बरु उनीहरूका लागि सुनौलो अवसर हो ।’ शिक्षण एउटा गर्विलो पेशा हो, जसले समाजमा शान्ति र प्रेमको महत्व बुझाउँछ र तिनको भरणपोषण गर्छ । उसले असल शिक्षाको हतियारद्वारा विश्वका डरलाग्दा आणविक, जैविक र रासायनिक हतियारहरूलाई बिस्तारै उन्मूलन गराउन सक्छ । यसका साथै शिक्षकले अशान्तिको कारक तŒवलाई जरैदेखि उखेलेर फ्याँक्न, शान्तिका तŒवलाई मलजल गर्न, अहिंसालाई बढाउन र पीडितको घाउमा मलम लगाउन सहयोग गर्छ । शिक्षकले विद्यार्थीको खुशी र शान्तिमाआफ्नो सफलता देख्छ । हँसिलो शिक्षक नै शान्ति शिक्षक ।शान्तिका पहिलाो रूप मुस्कान हो।’  मदर टेरेसाको यो भनाइलाइ े आत्मसात गर्ने हो भने कक्षाकोठा होस् वा घर— शिक्षकले आफूलाई खुशी र हँसिलो रूपमा प्रस्तुत गर्नु

Followers