Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

शान्तिदुतका रुपमा शिक्षक

शान्तिदुतका रुपमा शिक्षक समाजमा शान्ति प्रवर्द्धन गरी मानव समाजलाई स‌रक्षित र सम्मानजनक जीवन यापन गर्न सक्षम तुल्याउनमा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । शान्ति प्रवर्द्धन गर्ने सबैभन्दा प्रभावकारी र निर्दोष माध्यम शिक्षा नै हो । त्यसैले शिक्षक शान्तिका दूत पनि हुन् । डेभिड आर. कोनराड (सन् १९८९) भन्छन्— ।वास्तवमा शान्ति शिक्षा शिक्षकका लागि थप जिम्मेवारी होइन, बरु उनीहरूका लागि सुनौलो अवसर हो ।’ शिक्षण एउटा गर्विलो पेशा हो, जसले समाजमा शान्ति र प्रेमको महत्व बुझाउँछ र तिनको भरणपोषण गर्छ । उसले असल शिक्षाको हतियारद्वारा विश्वका डरलाग्दा आणविक, जैविक र रासायनिक हतियारहरूलाई बिस्तारै उन्मूलन गराउन सक्छ । यसका साथै शिक्षकले अशान्तिको कारक तŒवलाई जरैदेखि उखेलेर फ्याँक्न, शान्तिका तŒवलाई मलजल गर्न, अहिंसालाई बढाउन र पीडितको घाउमा मलम लगाउन सहयोग गर्छ । शिक्षकले विद्यार्थीको खुशी र शान्तिमाआफ्नो सफलता देख्छ । हँसिलो शिक्षक नै शान्ति शिक्षक ।शान्तिका पहिलाो रूप मुस्कान हो।’ 

मदर टेरेसाको यो भनाइलाइ े आत्मसात गर्ने हो भने कक्षाकोठा होस् वा घर— शिक्षकले आफूलाई खुशी र हँसिलो रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । हँसिलो व्यक्तिलाई स्वभावतः धेरैले मन पराउँछन् । एउटा शिक्षक हँसिलो मुहार लिएर विद्यालय या कक्षाकोठामा प्रवेश गर्दा विद्यालय र कक्षाकोठामा उपस्थित सबैमा सकारात्मक ऊर्जा फैलन्छ । हँसिलो शिक्षकले विद्यार्थीको पीर–व्यथा भुलाएर उसलाई सक्रिय रूपमा सिक्न सक्ने बनाउँछ । यसले शिक्षक र विद्यार्थी दुवैलाई स्वस्थ,आनन्दित र उत्साहित बनाउँछ । हमेशा खुशी रहनका लागि शिक्षकले आफूलाई तनावबाट मुक्त राख्न आफ्ना रिस र आवेगलाई व्यवस्थापन गर्ने सीप सिक्नुपर्छ । आत्मसंयम,सन्तुलित विचार, स्वस्थ खानपान, नियमित व्यायाम र अध्ययन तथा दीर्घकालीन लक्ष्य भएको शिक्षक हमेशा खुशी,हँसिलो र तेजिलो रहन सक्छ । त्यस्तो शिक्षक नै असल र सफल बन्छ । अशान्ति निरोधकका रूपमा शिक्षक जातीय, क्षेत्रीय, लैङ्गिक भेदभाव; स्रोतसाधनको असमान वितरण; बलियाले कमजोरलाई थिचोमिचो गर्ने कुसंस्कार; हातहतियारको गैरकानुनी प्रयोग,धर्म र राजनीतिको आडमा गलत कार्यलाई ढाकछोप गर्ने जस्ता व्यवहार र प्रवृत्ति नै समाजमा शान्ति सुरक्षाका प्रमुख चुनौती हुन् । सभ्य समाज निमाणका निम्ति शिक्षार्ल यस्ता च े ना ु तीका ै सामना गन े सक्षम नागरिक तयार्र पार्ने मुख्य भूमिका खेल्छ । यस्ता चुनौतीको पहिचान र तिनको निवारणमा शिक्षकले नेतृत्वदायी भूमिका खेल्न सक्छन् ।
लेखक राजकुमार ढुङ्गाना   https://unrcpd.org/peace-and-disarmament-education/शान्ति र निरस्त्रीकरणशिक्षा

Comments

Popular posts from this blog

भाषा सिक्ने सबैभन्दा सही उमेर कुन हो र किन ?

 शरद ऋतुको एउटा व्यस्त बिहानी । उत्तरी लन्डनस्थित स्पेनिस नर्सरी । यो एउटा दोभासे नर्सरी स्कुल हो । “यो उमेरमा बालबालिकाहरूले भाषा सिक्दैनन्, उनीहरूले भाषा ग्रहण गर्छन्,” स्कुलकी निर्देशक कार्मेन रामप्रेसादले भनिन् । यस विद्यालयका धेरै बालबालिकाका लागि स्पेनिस भाषा तेस्रो वा चौथो भाषा हो। उनीहरूको मातृभाषामा क्रोयसियन, हिब्रु, कोरियन र डच पर्छन् । बालबालिकाले भाषा सिक्न गरिरहेका यी सङ्घर्षलाई औसत उमेर पुगेको मानिससँग दाँज्दा हामी सजिलै निष्कर्ष निकाल्छौँ: भाषा सानो छँदै सिक्नु नै उत्तम हो । तर विज्ञानले भने भाषासँग कसरी हाम्रो जीवनकालभरी सम्बन्ध विकसित भइरहन्छ भन्ने एउटा जटिल धारणा प्रस्तुत गर्छ। यसले ढिला भाषा सिक्न थाल्नेहरूलाई प्रोत्साहित गर्छ ।  जीवनको फरकफरक समयमा भाषा सिक्नुका भिन्न-भिन्न फाइदाहरू छन् । शिशुका रुपमा हामी फरक स्वरहरू सुन्न सक्छौं; त्योभन्दा अलि ठूलो बामे सर्नसक्ने बच्चा हुँदा हामी रैथाने लबज चकित पार्ने गतिमा सिक्न सक्छौँ । वयस्क हुँदा हामी लामो समय शब्दमा ध्यान दिन्छौँ र लेखपढका लागि महत्त्वपूर्ण क्षमता हुन्छ जसले गर्दा शब्द सिक्न हामीलाई मद्दत गर...

पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान तथा सिप (Fundamental Knowledge and Skill of Computer) | कम्प्युटर शिक्षा कक्षा ७

  पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान तथा सिप (Fundamental Knowledge and Skill of Computer) | कम्प्युटर शिक्षा कक्षा ७ नेपाल राष्ट्रिय आधारभुत विद्यालय घारिवन,सुर्खेत February 02, 2022   परिचय कम्प्युटर एउटा विद्युतीय उपकरण हो । यसले हामीसँग हाम्रा अप्रशोधित डाटा लिई प्रशोधन (process) गरेर महत्त्वपूर्ण सूचना उपलब्ध गराउँछ । कम्प्युटर शब्द ल्याटिन (Latin) भाषाको कम्प्युटेयर (computare) बाट आएको हो । यसको अर्थ हिसाब (calculate) गर्नु हुन्छ । त्यसैले कम्प्युटरलाई सामान्यतया हिसाब गर्ने आधुनिक विद्युतीय उपकरणका रूपमा लिइन्छ । यसले हरेक किसिमका गणितीय हिसाब (mathematical calculation) लगायत तार्किक (logical) कार्य सम्पादन पनि गर्छ । कम्प्युटरले हाम्रो जीवनमा ठुलो प्रभाव पारेको छ । यसले हाम्रो जीवन शैलीमा परिर्वतन ल्याएको छ । साधारण चिठी पत्र टाइप गर्न र भिडियो गेम खेल्न मात्र नभई वैज्ञानिक खोज, मौसमको अनुमान, मिसाइलहरूको नियन्त्रण, चिकित्सा सम्बन्धी अनुसन्धान र सञ्चार जगतमा पनि कम्प्युटरको प्रयोग भएको छ। कम्प्युटरको काम गर्ने सिद्धान्त (Working Principle of Computer) कम्प्युटरले सामान...

Followers