Skip to main content

यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू

  यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू एआई प्रयोग गर्दा गोपनीयता र सुरक्षामा किन ध्यान दिनुपर्छ ? प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई (Artificial Intelligence) आधारित सेवाहरूको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ। आजकल विद्यार्थी, शिक्षक, पत्रकार, व्यवसायी तथा सामान्य प्रयोगकर्ताले समेत विभिन्न कामका लागि एआई प्रयोग गर्न थालेका छन्। त्यसमध्ये सबैभन्दा चर्चित एआई च्याटबटमध्ये एक हो च्याट जिपिटी। च्याट जिपिटीले प्रश्नको उत्तर दिन, लेख लेख्न, योजना बनाउन, अनुवाद गर्न, अध्ययनमा सहयोग गर्न तथा विभिन्न जानकारी उपलब्ध गराउन मद्दत गर्छ। यसले कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउन सहयोग गरे पनि प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाको विषयमा सधैं सचेत रहन आवश्यक हुन्छ। विशेषज्ञहरूका अनुसार एआई अत्यन्त उपयोगी भए पनि यसमा संवेदनशील तथा गोप्य जानकारी शेयर गर्दा जोखिम उत्पन्न हुन सक्छ। त्यसैले च्याट जिपिटीसँग कुन प्रकारका जानकारी शेयर गर्नु हुँदैन भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। च्याट जिपिटी : शक्तिशाली प्रविधि तर पूर्ण सुरक्षा होइन ओपन एआईद्वारा विकास गरिएको च...

शान्तिदुतका रुपमा शिक्षक

शान्तिदुतका रुपमा शिक्षक समाजमा शान्ति प्रवर्द्धन गरी मानव समाजलाई स‌रक्षित र सम्मानजनक जीवन यापन गर्न सक्षम तुल्याउनमा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । शान्ति प्रवर्द्धन गर्ने सबैभन्दा प्रभावकारी र निर्दोष माध्यम शिक्षा नै हो । त्यसैले शिक्षक शान्तिका दूत पनि हुन् । डेभिड आर. कोनराड (सन् १९८९) भन्छन्— ।वास्तवमा शान्ति शिक्षा शिक्षकका लागि थप जिम्मेवारी होइन, बरु उनीहरूका लागि सुनौलो अवसर हो ।’ शिक्षण एउटा गर्विलो पेशा हो, जसले समाजमा शान्ति र प्रेमको महत्व बुझाउँछ र तिनको भरणपोषण गर्छ । उसले असल शिक्षाको हतियारद्वारा विश्वका डरलाग्दा आणविक, जैविक र रासायनिक हतियारहरूलाई बिस्तारै उन्मूलन गराउन सक्छ । यसका साथै शिक्षकले अशान्तिको कारक तŒवलाई जरैदेखि उखेलेर फ्याँक्न, शान्तिका तŒवलाई मलजल गर्न, अहिंसालाई बढाउन र पीडितको घाउमा मलम लगाउन सहयोग गर्छ । शिक्षकले विद्यार्थीको खुशी र शान्तिमाआफ्नो सफलता देख्छ । हँसिलो शिक्षक नै शान्ति शिक्षक ।शान्तिका पहिलाो रूप मुस्कान हो।’ 


मदर टेरेसाको यो भनाइलाइ े आत्मसात गर्ने हो भने कक्षाकोठा होस् वा घर— शिक्षकले आफूलाई खुशी र हँसिलो रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । हँसिलो व्यक्तिलाई स्वभावतः धेरैले मन पराउँछन् । एउटा शिक्षक हँसिलो मुहार लिएर विद्यालय या कक्षाकोठामा प्रवेश गर्दा विद्यालय र कक्षाकोठामा उपस्थित सबैमा सकारात्मक ऊर्जा फैलन्छ । हँसिलो शिक्षकले विद्यार्थीको पीर–व्यथा भुलाएर उसलाई सक्रिय रूपमा सिक्न सक्ने बनाउँछ । यसले शिक्षक र विद्यार्थी दुवैलाई स्वस्थ,आनन्दित र उत्साहित बनाउँछ । हमेशा खुशी रहनका लागि शिक्षकले आफूलाई तनावबाट मुक्त राख्न आफ्ना रिस र आवेगलाई व्यवस्थापन गर्ने सीप सिक्नुपर्छ । आत्मसंयम,सन्तुलित विचार, स्वस्थ खानपान, नियमित व्यायाम र अध्ययन तथा दीर्घकालीन लक्ष्य भएको शिक्षक हमेशा खुशी,हँसिलो र तेजिलो रहन सक्छ । त्यस्तो शिक्षक नै असल र सफल बन्छ । अशान्ति निरोधकका रूपमा शिक्षक जातीय, क्षेत्रीय, लैङ्गिक भेदभाव; स्रोतसाधनको असमान वितरण; बलियाले कमजोरलाई थिचोमिचो गर्ने कुसंस्कार; हातहतियारको गैरकानुनी प्रयोग,धर्म र राजनीतिको आडमा गलत कार्यलाई ढाकछोप गर्ने जस्ता व्यवहार र प्रवृत्ति नै समाजमा शान्ति सुरक्षाका प्रमुख चुनौती हुन् । सभ्य समाज निमाणका निम्ति शिक्षार्ल यस्ता च े ना ु तीका ै सामना गन े सक्षम नागरिक तयार्र पार्ने मुख्य भूमिका खेल्छ । यस्ता चुनौतीको पहिचान र तिनको निवारणमा शिक्षकले नेतृत्वदायी भूमिका खेल्न सक्छन् ।
लेखक राजकुमार ढुङ्गाना   https://unrcpd.org/peace-and-disarmament-education/शान्ति र निरस्त्रीकरणशिक्षा

Comments

Popular posts from this blog

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा onlinekhabar.com

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा onlinekhabar.com बाट साभार News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

‘विद्यार्थीबाट शुल्क लिनु गैरकानूनी हो; शिक्षा उद्योग होइन’

  शिक्षक आन्दोलनकै क्रममा शिक्षकहरुको पक्षमा लाग्दालाग्दै पनि बिद्यालय शिक्षा ऐन ल्याउन नसकी राजिनामा दिएका पूर्व शिक्षा मन्त्रीविद्या भट्टराई 'अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न सरकार उदासीन भएको हो ।] विद्या भट्टराई, पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यान्वयन गर्न निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  विद्या भट्टराई ले २०८३ सालसम्मको कार्ययोजना बनाएकी थिइन् । तर भट्टराईले ९ महिनामै पदबाट राजीनामा दिइन् । उनले आफ्नो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कति कार्यान्वयन गरिन् त ? अनलाइनखबरकर्मी  दिनेश गौतम ले गरेको कुराकानीको सम्पादित अंश : नौ महिना मन्त्री हुनुभयो । शुरूदेखि नै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा जोड दिनुभएको थियो । कति कार्यान्वयन गर्नुभयो  ? अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ पास भएपछि मन्त्रालयले केही काम शुरू गरेको थियो । किताब निःशुल्क दिने, खाजा दिने र छात्रवृत्तिको काम भएको थियो । र, निःशुल्क शिक्षा बनाउन स्थानीय तहलाई तयार पार्ने काम भयो । तर सबै ठाउँमा प...

Teacher's Guide for all classes

  Teacher's Guide 1.शिक्षक निर्देशिका, कक्षा १, मेरो नेपाली, २०७८ [ https://www.moecdc.gov.np/storage/gallery/1704094092.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1704094092.pdf... ) 2.शिक्षक निर्देशिका कक्षा १ अंग्रेजी [ https://www.moecdc.gov.np/storage/gallery/1672217211.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1672217211.pdf... ) 3.शिक्षक निर्देशिका कक्षा १ मेरो गणित [ https://www.moecdc.gov.np/storage/gallery/1672217481.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1672217481.pdf... ) 4.शिक्षक निर्देशिका कक्षा १ हाम्रो सेरोफेरो [ https://www.moecdc.gov.np/storage/gallery/1672217425.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1672217425.pdf... ) 5.शिक्षक निर्देशिका कक्षा २ मेरो नेपाली [ https://www.moecdc.gov.np/storage/gallery/1672813233.pdf ]( https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.moecdc.gov.np%2Fstorage%2Fgallery%2F1672813233.pdf%3Ffbclid%3DIwZXh0bgNhZW0CMTAAYnJpZBExQ1ozYVhCQW9oSU5Sa0JudQEeXdkIKxfLvYnTRjM8v0sMZzXoFsHsAhOhg8vao_LmB9KVToqMeu28...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty