संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्यो नि’ उनी...
विद्यालय शिक्षा विधेयक अन्योल : ढिलाइ किन ?
कृष्णसिंह धामीकृष्णसिंह धामी सोमबार, २६ जेठ २०८२, २० : ००
शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबिच वैशाख १७ गते भएको सहमतिअनुसार विधेयक सो म्यादभित्र पारित गरिनुपर्ने म्यान्डेट छ । तर प्रक्रिया ढिलो हुँदा विधेयक नै अलपत्र पर्ने सम्भावना देखिन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले जेठ ११ गते बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठकमा एक साताको समय माग गरेका थिए । मन्त्रीले महासंघसँग छलफल र समन्वय गर्नुपर्ने भन्दै समय मागेपछि समितिले त्यो समय दिएको थियो । तर दिइएको १५ दिनभन्दा बढी समय बितिसक्दा पनि समिति बैठक बस्न सकेको छैन । यस्तो स्थितिमा विधेयक पारित गर्ने प्रक्रिया झन् अन्योल बनिरहेको छ । शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले सरकारले समितिलाई पर्खामा राखेको र समय मागिरहेकाले बैठक बस्न नसकेको गुनासो गरे । ‘सुरुमा तीन दिनको समय मागियो, त्यसपछि सात दिन । अहिले अनिश्चितकालीन रूपमा पर्खिन भनेको छ,’ सभापति थापाले भने, ‘शिक्षामन्त्रीको उपस्थितिविना छलफल अघि बढ्न सक्दैन । तर मन्त्रीज्यू आफैं छलफलका लागि समितिमा आउन तयार छैनन् ।’ शिक्षामन्त्री रघुजी पन्तले भने आफू विधेयक पारित गर्न तीव्र गतिमा लागिपरेको दाबी गर्दै आएका छन् ।

२०७२ असोज ३ भन्दा अघि नियुक्त शिक्षक र कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धामा १०० प्रतिशत अवसर दिइने र २०८२ वैशाख १७ सम्म नियुक्त भएकालाई ७५ प्रतिशतमा प्रतिस्पर्धा गर्न दिने सहमति पनि भएको छ । माध्यमिक तहका शिक्षकहरूलाई कक्षा ९–१० र ११–१२ का लागि छुट्टाछुट्टै योग्यता निर्धारण गर्ने विषयमा समेत सहमति जुटेको बताइएको छ । स्नातक उत्तीर्ण शिक्षकले कक्षा ९–१० पढाउने र स्नातकोत्तरले कक्षा ११–१२ पढाउने व्यवस्था गरिनेछ । महासंघ र मन्त्रालयबिच भएको सहमतिअनुसार एसईई परीक्षा यथावत् राखिनेछ । यद्यपि, परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश वा केन्द्र सरकारमध्ये एक निकायलाई दिने सहमति भएको छ । यसले एसईईसम्बन्धी विवादहरूलाई केही हदसम्म व्यवस्थापन गर्ने आशा गरिएको छ । विभागीय कारबाही प्रक्रियाबारे पनि स्पष्ट संरचना तय गरिएको छ । सहमतिअनुसार स्पष्टीकरण माग गर्ने अधिकार प्रधानाध्यापकलाई, सेवामा रोक्का गर्ने अधिकार स्थानीय पालिकालाई, ग्रेड घटाउने निर्णय जिल्ला शिक्षा कार्यालयले गर्ने र जागिरबाट हटाउने निर्णय शिक्षा विभागले गर्नेछ । महासंघले विगतमा भएका सहमतिहरू विपरीत उपसमितिले पेस गरेको प्रतिवेदनप्रति गम्भीर असहमति जनाएको थियो । यही असहमतिपछि २०८१ माघ २० देखि २०८२ वैशाख १७ गतेसम्म ८९ दिन लामो शिक्षक आन्दोलन चलेको थियो । यस अवधिमा २९ दिनसम्म शैक्षिक सडक आन्दोलनसमेत भएको थियो । यही आन्दोलनको दबाबका कारण वैशाख १७ मा ९ बुँदे सहमति भएपछि पुनः छलफलका माध्यमबाट २७ बुँदे विस्तृत सहमति तयार भएको हो । महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पटक–पटकको वार्ताबाट समान धारणा बनेको बताउँदै विधेयकले महासंघको दस्ताबेजका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘विगतमा भएका सहमतिलाई ऐनमा प्रतिबिम्बित नगरी ल्याइएको विधेयक महासंघको आन्दोलन र शिक्षकहरूको भावनाविपरीत हुनेछ । सहमति विपरीतको विधेयक ल्याइयो भने फेरि पनि कडा आन्दोलनको सम्भावना रहन्छ ।’
विधेयकमाथि संसद्मा ढिलाइः आशंका बढ्दो हालसम्म पनि विधेयकमाथि संसद्मा औपचारिक छलफल सुरु हुन सकेको छैन । शिक्षा मन्त्रालयले सबै गृहकार्य सकिएपछि मात्र शिक्षा समितिको बैठकमा मन्त्रालयको धारणा राख्ने बताइरहेको छ । तर, समितिका सभापति भने मन्त्रालय नै छलफलबाट भागिरहेको आरोप लगाइरहेका छन् । शिक्षा समितिले उपसमितिको प्रतिवेदनको समीक्षा गर्ने र आवश्यक संशोधनसहित विधेयक अगाडि बढाउने तयारी गरिरहेको भए पनि मन्त्रीको सक्रिय सहभागिताविना त्यो सम्भव छैन । समितिले जेठ मसान्तभित्र विधेयक संसद्मा पेस गर्ने योजना बनाएको भए पनि मन्त्रालयले तयारी अपुरो रहेको बताएकाले ढिलाइ भइरहेको छ । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गराउने सरकारको प्रतिबद्धता सार्वजनिक रूपमा भनिए पनि त्यसअनुसार कार्यान्वयन नदेखिएको हो ।
विधेयक पारित गर्नुपर्ने म्याद नजिकिँदै गर्दा सरकारले यसलाई सच्याएर पारित गर्न चाहन्छ वा चाहँदैन भन्ने आशंका पनि बढ्न थालेको छ । यदि सहमतिविपरीत विधेयक अगाडि बढाइए महासंघले पुनः आन्दोलनमा जान सक्ने चेतावनी दिइरहेको छ । अर्थात् यो विधेयक पारित हुने सुनिश्चितता नबने र उल्टै समय लम्बिँदै गए शिक्षा क्षेत्र पुनः अन्योल र अस्थिरताको दलदलमा फस्ने पो हो कि भन्ने संशय देखिएको छ ।
Comments