Lauro Media ज्ञान, सूचना र प्रविधिलाई जोड्ने आधुनिक नेपाली डिजिटल प्लेटफर्म हो। यहाँ शिक्षा, टेक्नोलोजी, ब्लगिङ, कम्प्युटर, इन्टरनेट तथा डिजिटल मिडियासँग सम्बन्धित उपयोगी सामग्रीहरू प्रकाशित गरिन्छ। नेपाली पाठकहरूलाई गुणस्तरीय र विश्वसनीय जानकारी प्रदान गर्दै डिजिटल दुनियाँसँग नजिक बनाउने हाम्रो उद्देश्य हो।
यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू एआई प्रयोग गर्दा गोपनीयता र सुरक्षामा किन ध्यान दिनुपर्छ ? प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई (Artificial Intelligence) आधारित सेवाहरूको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ। आजकल विद्यार्थी, शिक्षक, पत्रकार, व्यवसायी तथा सामान्य प्रयोगकर्ताले समेत विभिन्न कामका लागि एआई प्रयोग गर्न थालेका छन्। त्यसमध्ये सबैभन्दा चर्चित एआई च्याटबटमध्ये एक हो च्याट जिपिटी। च्याट जिपिटीले प्रश्नको उत्तर दिन, लेख लेख्न, योजना बनाउन, अनुवाद गर्न, अध्ययनमा सहयोग गर्न तथा विभिन्न जानकारी उपलब्ध गराउन मद्दत गर्छ। यसले कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउन सहयोग गरे पनि प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाको विषयमा सधैं सचेत रहन आवश्यक हुन्छ। विशेषज्ञहरूका अनुसार एआई अत्यन्त उपयोगी भए पनि यसमा संवेदनशील तथा गोप्य जानकारी शेयर गर्दा जोखिम उत्पन्न हुन सक्छ। त्यसैले च्याट जिपिटीसँग कुन प्रकारका जानकारी शेयर गर्नु हुँदैन भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। च्याट जिपिटी : शक्तिशाली प्रविधि तर पूर्ण सुरक्षा होइन ओपन एआईद्वारा विकास गरिएको च...
प्रतिनिधिसभाका १७२ सांसदहरूको विद्युतीय हाजिरी लिनका लागि सङ्घीय संसद् सचिवालयले सांसदहरूको औँठाछाप लिने काम सम्पन्न गरेको छ ।
बिगतमा जस्तो अनुपस्थित भएर पनि हाजिर गरेर भत्ता बुझ्ने चलन रहेकोमा विद्युतीय हाजिरीले सांसदहरुलाई तोकिएको समयमा जाने आउने नियम बसाउने र नआएको दिनको भत्ता बुझ्ने कार्यलाई पनि रोक लाग्नेछ भन्ने विश्वास गरेको छ
सांसदहरूले बैठक कक्ष बाहिर तथा भित्र उपयुक्त स्थानमा गएर सहज ढङ्गले हाजिरी गर्ने प्रबन्ध गरिएको छ । ।
यता राष्ट्रियसभाले भने यसअघिदेखि नै विद्युतीय हाजिरी सुरु गरिसकेको छ ।
गज्जवको संयोग
एउटै पालिकामा बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत, भतिजाे इन्जिनियर
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ ।
पालिकामा अधिकृत नभएकै कारण बाउछोरालाई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने सौभाग्य जुरेको हो ।
यतिमात्र हैन, नगरप्रमुखका भतिजाले समेत यही गाउँपालिकामा इन्जिनियरका रुपमा काम गरिरहेका छन् ।
शैल्यशिखर नगरपालिकाकाका प्रमुख हुन्, बिजय सिंह धामी । हाल प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हालिरहेका छन् उनका छोरा पुस्कर सिंह धामी ।
धामीको दरबन्दी दार्चुलाकै नौगाड गाउँपालिकामा छ । तर शैल्यशिखरमा प्रमुख प्रसाशकीय अधिकृत नभएपछि नगरपालिकाले छिमेकी पालिकामा कार्यरत पुस्करलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि बाबु मेयर र छोरा प्रमुख प्रशासकीय अधिकत बन्ने सौभाग्य जुरेको हो ।
मेयरका भतिजा योगेश सिंह धामी यही नगरपालिकाको इन्जिनियरका रुपमा कार्यरत छन् ।
नब्बे वर्षकी यी वृद्धा मोडल
यी ९१ वर्षीया वृद्धको फेसन हेर्दा जोकोही पनि चकित पर्ने गर्दछ । बुढेसकालमा यी वृद्धालाई ग्लामरको भूत जागेको छ । उनी मोडलकै पहिरनमा भिडियो बनाउने गर्दछिन्, जुन सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल हुने गरेको छ । अमेरिकाको क्यालिफोर्नियाकी बेत्सु लोउको टिकटकमा ६९ हजार फलोअर्स रहेका छन् ।
उनले मोडलको जस्तो पहिरनमा टिकटकमा भिडियो बनाउने गरेकी छिन् । ९१ वर्षकी लोउले साना स्कर्ट एवं मोर्डन लुगाहरु लगाएर भिडियो बनाउने गर्दछिन् । यत्रो उमेरमा पनि उनको उमंग देखेर निकै प्रशंसा हुने गरेको छ । उनको फिटनेस, डे«सिङको तारिफ पनि निकै हुने गरेको छ ।
(साँघु साप्ताहिक, २०८० माघ १५) बाट
नौ महिनादेखि महालेखापरीक्षक रिक्त
समयमै बेरूजु फस्र्यौट र संपरिक्षण नहुँदा सरकारी खर्चमा अनियमितता र वित्तीय अनुशासन पालन हुन सकिरहेको छैन । बेरूजु हुन नदिन, बजेट र स्वीकृत कार्यक्रम भन्दा बाहिर खर्च नगर्न लेखा अधिकृत र कार्यालय प्रमुखलाई उत्तरदायी र जिम्मेवार बनाउन महालेखापरीक्षकको कार्यालयले खवरदारी गर्दैै आएको छ ।बेरूजु राख्ने कार्यालय प्रमुख र लेखा प्रमुखको बेरूजु फस्यौट नहुन्जेलसम्म बढुवा रोक्का, जिम्मेवारी नदिने गरी संघीय निजामती सेवा ऐन, प्रदेश निजामती ऐन र स्थानीय तह निजामती ऐन र नियमावली बनाउन सकिएमा आर्थिक ऐन, कानुन र बजेट तथा योजना कार्यक्रमबाहेकबाट गरिने सरकारी खर्च कम हुने अपेक्षा गरिएको छ । जसका कारण अनियमितता केही हदसम्म रोकिने र बेरूजु नियन्त्रण हुने समाचारस्रोतले बताएको छ ।
२०८० जेठ ७ गते टंकमणि शर्मा अवकास भए । त्यसपछि रिक्त रहेको छ । प्रचण्ड नेतृत्वको महागठबन्धन सरकारले महालेखापरीक्षक नियुक्त गर्न सकिरहेको छैन । महालेखापरीक्षक नियुक्त नहुँदा महालेखापरीक्षक कार्यालयले २०७९ असार १७ गते पछाडि रोकिएको बेरूजु फस्र्याैट तथा सम्परीक्षण गर्न सकिरहेको छैन । कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले अघिल्लो साता २०८० माघ १२ गते शुक्रवार अनिवार्य अवकासमा गएका छन् ।
हड्डी खिइँदै, कमजोर हुँदै जाने क्रम सबै मानिसमा उमेर अनुसार बढ्दै जान्छ। यो स्वाभाविक रूपमा सम्पूर्ण मानिसहरूमा समय अनुसार देखिन्छ। यो समस्यालाई हामी अङ्ग्रेजीमा "ओस्टियो-आर्थ्राइटिस" (osteoarthritis) भन्छौँ। देख्न त यो उमेर ढल्किदै जाँदा सबै मानिसमा ढिलो चाँडो देखिन्छ तर महिनावारी रोकिने समय वा रोकिएका महिलाहरूमा अलि तिब्र रूपमा देखा पर्दछ। विशेष रूपमा यो रोग पुरुषहरूमा ५० -६० वर्षको उमेरमा देखिन्छ भने स्त्रीहरूमा ४० -५० वर्ष मै देखिन सुरु हुनसक्छ। जोर्नी किन खिइँदै जान्छ भनेर बुझ्न सर्वप्रथम जोर्नी क हो भन्ने बुझ्न जरुरी हुन्छ।
जोर्नी भनेको दुई हड्डीहरू आपसमा जोडिने ठाउँ हो। जोर्नीमा हड्डीलाई कार्टिलेज नामक सुरक्षात्मक तन्तुले ढाकेको हुन्छ। उमेर अनुसार या अन्य कारणले, यो कार्टिलेजको संश्लेषण र विश्लेषणको सन्तुलनमा अवरोध आउँछ र कार्टिलेज खिइन्छ, जसले गर्दा जोर्नी चलाउँदा हड्डीहरू एकआपसमा घोटिइन्छन् र जोर्नीहरू दुख्ने गर्दछ। ओस्टियो-आर्थ्राइटिसले कुनै पनि जोर्नीलाई असर गर्न सक्छ तर प्रायः घुँडा, कम्मर, मेरुदण्ड, काँध, हात, औँलाहरूमा समस्या निम्त्याउँछ।
यो समस्या उमेर बाहेक विगतको जोर्नीमा लागेको चोट (लिगमेन्ट च्यातिएको, मेनिस्कस च्यातिएको, हड्डी भाँचिएको, जोर्नी खुस्किएको), मोटोपना, बाथ इत्यादीका कारणहरूले पनि देखिन्छ। साथै धेरै उभिएर काम गर्ने , दौडिने , धेरै उकालो ओरालो या सिँडी चढ्ने र झर्ने, भारी बोक्ने मान्छेहरूमा पनि यो समस्या अलि कम उमेरमा नै देखा पर्दछ। जोर्नीको विकृति, जेनेटिक्स, होर्मोनल परिवर्तनहरूले पनि जोर्नी खिइने समस्यालाई छिटो निम्त्याउन सक्दछ।
शिक्षक आन्दोलनकै क्रममा शिक्षकहरुको पक्षमा लाग्दालाग्दै पनि बिद्यालय शिक्षा ऐन ल्याउन नसकी राजिनामा दिएका पूर्व शिक्षा मन्त्रीविद्या भट्टराई 'अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न सरकार उदासीन भएको हो ।] विद्या भट्टराई, पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यान्वयन गर्न निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई ले २०८३ सालसम्मको कार्ययोजना बनाएकी थिइन् । तर भट्टराईले ९ महिनामै पदबाट राजीनामा दिइन् । उनले आफ्नो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कति कार्यान्वयन गरिन् त ? अनलाइनखबरकर्मी दिनेश गौतम ले गरेको कुराकानीको सम्पादित अंश : नौ महिना मन्त्री हुनुभयो । शुरूदेखि नै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा जोड दिनुभएको थियो । कति कार्यान्वयन गर्नुभयो ? अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ पास भएपछि मन्त्रालयले केही काम शुरू गरेको थियो । किताब निःशुल्क दिने, खाजा दिने र छात्रवृत्तिको काम भएको थियो । र, निःशुल्क शिक्षा बनाउन स्थानीय तहलाई तयार पार्ने काम भयो । तर सबै ठाउँमा प...
नेपालको संविधान २०७२ अनुसार सरकारले ल्याएको अध्यादेश (Ordinance) राष्ट्रिय सभाबाट स्वतः पारित हुनैपर्छ भन्ने व्यवस्था छैन। अध्यादेशको सम्बन्धमा संविधानले स्पष्ट कानुनी प्रक्रिया दिएको छ। नेपालको संविधान २०७२ मा अध्यादेश सम्बन्धी व्यवस्था नेपालको संविधान २०७२ को धारा ११४ मा अध्यादेश सम्बन्धी व्यवस्था गरिएको छ। जब संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) अधिवेशनमा हुँदैनन् र तत्काल कानुन बनाउन आवश्यक अवस्था हुन्छ, तब मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नुहुन्छ। अध्यादेश जारी भएपछि के हुन्छ ? अध्यादेश जारी भएपछि: संसद् बैठक बसेपछि अध्यादेश दुवै सदनमा पेश गर्नुपर्छ। संसद्ले स्वीकृत गरेमा मात्र त्यो नियमित कानुनसरह कायम रहन्छ। स्वीकृत नभएमा अध्यादेश निष्क्रिय हुन्छ। राष्ट्रिय सभाको भूमिका यदि अध्यादेश राष्ट्रिय सभामा पेश भयो भने: राष्ट्रिय सभाले समर्थन गर्न सक्छ, संशोधन सुझाव दिन सक्छ, वा अस्वीकृत पनि गर्न सक्छ। तर संघीय कानुन बन्न अन्ततः प्रतिनिधि सभाको भूमिका बढी निर्णायक हुन्छ, विशेष गरी आर्थिक र सरकारसँग सम्बन्धित विषयमा। अध्यादेश कति समयसम्म मान्य ...
श्री डिमजनता माध्यविद्यालयका विद्यार्थीहरु यस बर्षको बैसाख ९ गते देखि संचालन हुने एस इ इ परीक्षामा समावेश हुन जाँदैछन् । गत बर्ष कोरोना महामारीको कारण विद्यालयले नै रा.प.बो.मा अंक पठाइ रिजल्ट निकालेको थियो । यस बर्ष पनि डेढ महिना कोरोनाको तेश्रो लहरले पढाइ भएको थिएन । यस बर्ष ७२ जनाले एस इ इ परीक्षामा सामेल हुने जानकारी विद्यालयले जानकरी गराएका छन् ।
Comments
Post a Comment
Thank you !