संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्यो नि’ उनी...
प्रतिनिधिसभाका १७२ सांसदहरूको विद्युतीय हाजिरी लिनका लागि सङ्घीय संसद् सचिवालयले सांसदहरूको औँठाछाप लिने काम सम्पन्न गरेको छ ।
बिगतमा जस्तो अनुपस्थित भएर पनि हाजिर गरेर भत्ता बुझ्ने चलन रहेकोमा विद्युतीय हाजिरीले सांसदहरुलाई तोकिएको समयमा जाने आउने नियम बसाउने र नआएको दिनको भत्ता बुझ्ने कार्यलाई पनि रोक लाग्नेछ भन्ने विश्वास गरेको छ
सांसदहरूले बैठक कक्ष बाहिर तथा भित्र उपयुक्त स्थानमा गएर सहज ढङ्गले हाजिरी गर्ने प्रबन्ध गरिएको छ । ।
यता राष्ट्रियसभाले भने यसअघिदेखि नै विद्युतीय हाजिरी सुरु गरिसकेको छ ।
गज्जवको संयोग
एउटै पालिकामा बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत, भतिजाे इन्जिनियर
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ ।
पालिकामा अधिकृत नभएकै कारण बाउछोरालाई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने सौभाग्य जुरेको हो ।
यतिमात्र हैन, नगरप्रमुखका भतिजाले समेत यही गाउँपालिकामा इन्जिनियरका रुपमा काम गरिरहेका छन् ।
शैल्यशिखर नगरपालिकाकाका प्रमुख हुन्, बिजय सिंह धामी । हाल प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हालिरहेका छन् उनका छोरा पुस्कर सिंह धामी ।
धामीको दरबन्दी दार्चुलाकै नौगाड गाउँपालिकामा छ । तर शैल्यशिखरमा प्रमुख प्रसाशकीय अधिकृत नभएपछि नगरपालिकाले छिमेकी पालिकामा कार्यरत पुस्करलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि बाबु मेयर र छोरा प्रमुख प्रशासकीय अधिकत बन्ने सौभाग्य जुरेको हो ।
मेयरका भतिजा योगेश सिंह धामी यही नगरपालिकाको इन्जिनियरका रुपमा कार्यरत छन् ।
नब्बे वर्षकी यी वृद्धा मोडल
यी ९१ वर्षीया वृद्धको फेसन हेर्दा जोकोही पनि चकित पर्ने गर्दछ । बुढेसकालमा यी वृद्धालाई ग्लामरको भूत जागेको छ । उनी मोडलकै पहिरनमा भिडियो बनाउने गर्दछिन्, जुन सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल हुने गरेको छ । अमेरिकाको क्यालिफोर्नियाकी बेत्सु लोउको टिकटकमा ६९ हजार फलोअर्स रहेका छन् ।
उनले मोडलको जस्तो पहिरनमा टिकटकमा भिडियो बनाउने गरेकी छिन् । ९१ वर्षकी लोउले साना स्कर्ट एवं मोर्डन लुगाहरु लगाएर भिडियो बनाउने गर्दछिन् । यत्रो उमेरमा पनि उनको उमंग देखेर निकै प्रशंसा हुने गरेको छ । उनको फिटनेस, डे«सिङको तारिफ पनि निकै हुने गरेको छ ।
(साँघु साप्ताहिक, २०८० माघ १५) बाट
नौ महिनादेखि महालेखापरीक्षक रिक्त
समयमै बेरूजु फस्र्यौट र संपरिक्षण नहुँदा सरकारी खर्चमा अनियमितता र वित्तीय अनुशासन पालन हुन सकिरहेको छैन । बेरूजु हुन नदिन, बजेट र स्वीकृत कार्यक्रम भन्दा बाहिर खर्च नगर्न लेखा अधिकृत र कार्यालय प्रमुखलाई उत्तरदायी र जिम्मेवार बनाउन महालेखापरीक्षकको कार्यालयले खवरदारी गर्दैै आएको छ ।बेरूजु राख्ने कार्यालय प्रमुख र लेखा प्रमुखको बेरूजु फस्यौट नहुन्जेलसम्म बढुवा रोक्का, जिम्मेवारी नदिने गरी संघीय निजामती सेवा ऐन, प्रदेश निजामती ऐन र स्थानीय तह निजामती ऐन र नियमावली बनाउन सकिएमा आर्थिक ऐन, कानुन र बजेट तथा योजना कार्यक्रमबाहेकबाट गरिने सरकारी खर्च कम हुने अपेक्षा गरिएको छ । जसका कारण अनियमितता केही हदसम्म रोकिने र बेरूजु नियन्त्रण हुने समाचारस्रोतले बताएको छ ।
२०८० जेठ ७ गते टंकमणि शर्मा अवकास भए । त्यसपछि रिक्त रहेको छ । प्रचण्ड नेतृत्वको महागठबन्धन सरकारले महालेखापरीक्षक नियुक्त गर्न सकिरहेको छैन । महालेखापरीक्षक नियुक्त नहुँदा महालेखापरीक्षक कार्यालयले २०७९ असार १७ गते पछाडि रोकिएको बेरूजु फस्र्याैट तथा सम्परीक्षण गर्न सकिरहेको छैन । कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले अघिल्लो साता २०८० माघ १२ गते शुक्रवार अनिवार्य अवकासमा गएका छन् ।
हड्डी खिइँदै, कमजोर हुँदै जाने क्रम सबै मानिसमा उमेर अनुसार बढ्दै जान्छ। यो स्वाभाविक रूपमा सम्पूर्ण मानिसहरूमा समय अनुसार देखिन्छ। यो समस्यालाई हामी अङ्ग्रेजीमा "ओस्टियो-आर्थ्राइटिस" (osteoarthritis) भन्छौँ। देख्न त यो उमेर ढल्किदै जाँदा सबै मानिसमा ढिलो चाँडो देखिन्छ तर महिनावारी रोकिने समय वा रोकिएका महिलाहरूमा अलि तिब्र रूपमा देखा पर्दछ। विशेष रूपमा यो रोग पुरुषहरूमा ५० -६० वर्षको उमेरमा देखिन्छ भने स्त्रीहरूमा ४० -५० वर्ष मै देखिन सुरु हुनसक्छ। जोर्नी किन खिइँदै जान्छ भनेर बुझ्न सर्वप्रथम जोर्नी क हो भन्ने बुझ्न जरुरी हुन्छ।
जोर्नी भनेको दुई हड्डीहरू आपसमा जोडिने ठाउँ हो। जोर्नीमा हड्डीलाई कार्टिलेज नामक सुरक्षात्मक तन्तुले ढाकेको हुन्छ। उमेर अनुसार या अन्य कारणले, यो कार्टिलेजको संश्लेषण र विश्लेषणको सन्तुलनमा अवरोध आउँछ र कार्टिलेज खिइन्छ, जसले गर्दा जोर्नी चलाउँदा हड्डीहरू एकआपसमा घोटिइन्छन् र जोर्नीहरू दुख्ने गर्दछ। ओस्टियो-आर्थ्राइटिसले कुनै पनि जोर्नीलाई असर गर्न सक्छ तर प्रायः घुँडा, कम्मर, मेरुदण्ड, काँध, हात, औँलाहरूमा समस्या निम्त्याउँछ।
यो समस्या उमेर बाहेक विगतको जोर्नीमा लागेको चोट (लिगमेन्ट च्यातिएको, मेनिस्कस च्यातिएको, हड्डी भाँचिएको, जोर्नी खुस्किएको), मोटोपना, बाथ इत्यादीका कारणहरूले पनि देखिन्छ। साथै धेरै उभिएर काम गर्ने , दौडिने , धेरै उकालो ओरालो या सिँडी चढ्ने र झर्ने, भारी बोक्ने मान्छेहरूमा पनि यो समस्या अलि कम उमेरमा नै देखा पर्दछ। जोर्नीको विकृति, जेनेटिक्स, होर्मोनल परिवर्तनहरूले पनि जोर्नी खिइने समस्यालाई छिटो निम्त्याउन सक्दछ।
विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट निकालिए । थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन । हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्साउँदै भन्छन्, ‘एक साता भयो तातो घाममा बस...
१ नागरिक शिक्षाको अर्थ नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे । त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ । नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य र कानुनी उपचार बारे सचेत गराउने शि...
प्रभावशाली महिला’ को सूचीमा दुर्गमकी गुरुआमा कोशी प्रदेशको भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ३ सिक्तेलटारमा रहेको चन्द्रावती आधारभूत विद्यालय (कक्षा१–८) की प्रधानाध्यापक भक्तकुमारी तामाङ अनलाइन खबरले छानेको ५० जनामध्ये २०८० सालको प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी छिन् । तामाङ प्राथमिक तहका शिक्षक हुन् । अनलाइन खबरले दुर्गमकी अब्बल गुरुआमा संज्ञा दिएको छ । ‘५० प्रभावशाली महिला’ को अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको सूची तयार गरेको थियो । अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा,पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबर डटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए । अनलाइनखबरको प्रभावशाली महिलाको सूचिमा मात्र हैन शिक्षा मन्त्रालयले यस वर्षको ‘उत्कृष्ट राष्ट्रिय शिक्षा पुरस्कार २०८०’ बाट पुरस्कृत गर्ने सूचीमा भक्तकुमारी...
काठमाडौं । नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा युवा तथा विद्यार्थीबाट सुझाव मागेका अर्थमन्त्री जनार्दन शर्मालाई बिहीबार अखिल क्रान्तिकारीको तर्फबाट १७ बुँदे सुझाव बुझाइएको हो । सुझावमा आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरिनुपर्ने, माध्यमिक शिक्षा निशुल्कको अधिकारलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने, हरेक वर्ष एउटा आवासिय सुविधासहितको विद्यालय स्थापना गर्नुपर्ने, हरेक मावि तहको विद्यालयमा प्रयोगशाला हुनुपर्ने लगायतका सुझावहरु क्रान्तिकारीले दिएको छ । अनेरास्ववियु क्रान्तिकारीले अर्थमन्त्रीलाई बुझाएको सुझावपत्र यस्ताे छः माननीय अर्थमन्त्री ज्यू, अर्थ मन्त्रालय सिंहदरबार काठमाडौं बिषय : सुझाव सम्बन्धमा उपरोक्त सम्बन्धमा माननीय अर्थमन्त्री द्वारा नयाँ आ.व. ०७९/०८० को लागि युवा विद्यार्थी बाट सुझाव संकलन कार्यक्रम राख्नुभएकोमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) को तर्फबाट सराहना गर्दछौं । तपाईं कोभिड -१९ बाट थिलथिलो भएको अर्थतन्त्र, बदलिएको विश्व परिवेश...
Comments