Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

युनेस्कोमा श्री भुपनारायण अधिकारी यादव मनोनित





UANTO का मधेश प्रदेश अध्यक्ष श्री भुपनारायण अधिकारी यादव UNESCO आयोगको सदस्य र सामाजिक समितिको सदस्यमा मनोनयन हुनुभएको जानकारी प्राप्त भएकोछ । उहाँ संगठनको केन्द्रीय सचिबको जिम्मेवारीमा हुनु हुन्छ ।
यस अघि नै रामेश्वर प्रसाद यादव UNESCO आयोगको सहायक महासचिव पदमा नेपाल सरकारबाट नियुक्त भइसक्नु भएको छ । उहाँहरु दुबै हाल सर्लाही निवासी हुनुहुन्छ ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगमा शिक्षा, संस्कृति, सामाजिक, बिज्ञान र आम संचार समिति गरी पाँच विषयगत समिति रहेको हुन्छ । जसमध्ये उहाँ सामाजिक समितिमा मनोनित हुनु भएको हो ।
दोस्रो विश्व युद्धको संन्तापले अक्रान्त विश्वलाई आपसी शान्ति, मैत्री र विकासको माध्यमबाट समुन्नत गर्ने अभिप्रायले स्थापित संयुक्त राष्ट्र सङ्घको बहुआयामिक पहल मध्ये विश्वमा शिक्षा, विज्ञान, संस्कृति, सामाजिक तथा मानवीय र सञ्चार क्षेत्रमा अनुसन्धान, सशक्तिकरण र विकास गर्ने उद्देश्य सहित विशिष्टिकृत संस्थाको रूपमा स्थापित युनेस्को (UNESCO-United Nations Educational, Scientific and Cultural Organization) संयुक्त राष्ट्र सङ्घको एउटा विशिष्ट सङ्गठन हो । यसको स्थापना सन् १९४५ नोभेम्वर १६ मा भएको हो । 

 



  २०८०,९ गते 
मार्क्सवादी ज्ञान केन्द्रद्वारा आयोजित संगठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठी दोस्रो दिनमा मधेश प्रदेशको तर्फबाट UANTO मधेश प्रदेशका अध्यक्ष भूपनारायण अधिकारी रायले संस्कृतिलाई आयआर्जनका स्रोतहरूका रुपमा बिकास गर्नु पर्ने बिचार गर्नु भयो ।


 २०८०,८ र ९ गते
 विज्ञान तथा प्रविधिसँग सम्बन्धित बालप्रतिभा खोजी सम्बन्धि  २ दिने कार्यशाला सबैला नगरपालिका वडा नं ८का वडा अध्यक्ष श्री सेराजुल राईन ज्यू को अध्यक्षतामा तथा  मेयर श्री कारीराम यादव ज्यु तथा यूनेस्को सहायक महासचिब रामेश्वर राय यादवको प्रमुख अतिथ्यमा सम्पन्न 



 २०८०,आषाढ १६ गते
एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय भवन निर्माण सहयोग सम्बन्धि मधेश प्रदेशले आयोजना गरेको जिल्ला प्रदेश र केन्द्रिय पदाधिकारीहरुको भर्च्युअल बैठक सम्पन्न भयो । बैठक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी सल्लाहकार संयोजक पूर्णप्रसाद दवाडी युनेस्को सहायक महासचिब रामेश्वर प्रसाद रायको उपस्थित हुनु भएको थियो 

Comments

Popular posts from this blog

voice kids

 

UANTO IMG COLLECT

 

TSC IMG Collection

 

UANTO Multi Teacher Office

Followers