Skip to main content

सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा

  सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा डिजिटल युगको नयाँ चुनौती जब म मोबाइल स्क्रोल गर्छु मेरो फेसबुक Facebook, TikTok,रिल मा अनावश्यक फोटो र स्टाटस आइरहन्छ । आफुलाई मनपर्ने नेताको उस्तै आइडीबाट नपत्याउने स्टाटस आउँछ । अरुको चरित्र हत्या गर्ने चित्र र स्टाटस देख्छु । एआइ टुलहरुको प्रयोगबाट निर्मित भिडियो फोटोहरु जसले views बढाउन भन्दापनि बिपक्ष वा इतर पक्षलाई तल झार्न बढी केन्द्रित देखिन्छ । आफ्ना पार्टी र नेताको काम र गतिबिधिको बारेमा लेख्न बोल्न र आफ्नो बिचार राख्न सबै स्वतन्त्र छन । सामाजिक सञ्जालका प्लेटफर्महरु सही कामको लागिर सबैका लागि बनेको हो तर गलत सुचना अथवा साइबरको मिसयुजले कसैको हानी हुनुहुँदैन । जान्नेबुझ्ने सुन्नेले झट्ट नपत्उला तर कलिलाे मन मश्तिष्कका बालबालिका जोशजाँगर उत्शाह बोकेका ब्रेजगार युवा तन्नेरीहरुको सोँच धारणामा तितेपाति छर्दै गएको अवस्था छ । आजको डिजिटल युगमा सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। Facebook, TikTok, YouTube, X (Twitter), Instagram जस्ता प्लेटफर्महरूले सूचना आदानप्रदानलाई अत्यन्त सहज बनाएका छन्। तर, यही सहजत...

कार्यालय सहयोगी बलीराम सरको पीडा


नवलपरासी  । उनलाई सवैले बलीराम सर भन्छन् । उनले पढाएका र स्याहार गरेका धेरै विद्यार्थी डाक्टर, इन्जिनियर र कुशल प्रशासक बने, विदेसीएर राम्रो कमाइ गरे, सोही विद्यालयमा शिक्षक समेत बने । उनी भने  सोही विद्यालयमा सेवा गरीरहेका छन् ।

धेरैले उनले हासेर पढाएको मात्रै देखे । हर्षकै साथ विद्यालयमा काम गरेको मात्रै देखे । हुन पनि उनले मुहारमा मुस्कानको बत्ति कहिल्यै निभ्न दिएनन् । तर उनको मुटु भित्रको पिडा भने कसैले देखेन ।

बलीराम सर विद्यालयमा सवैको प्रिय पात्र बनीरहे ।  शिक्षक, अभिभावक र विद्यार्थी सवैको आँखाको नानी बनीरहे ।विद्यालयमा कार्यालय सहयोगी ( पियन ) बनेर प्रवेश गरेको भएता पनि उनले साना साना विद्यार्थीहरुलाई समेत पढाउदै आइरहेका छन् । ‘अझैपनि केजी र एक कक्षामा २/३ पिरीयड लिइनै राखेको छु ।’बलीराम सर भन्छन् ।

विद्यालयमा हाल केही पुराना भवन, आडमा रहेको सरस्वतीको मन्दिर, पुरानो पानीखाने ट्यांकी, पछाडीका बकाइनाका रुखहरु बलीराम सरका पीडा र उनले दैनिक घन्टि लगाउने गरेको फलामको रीङ बाहेक सवैकुरा परिवर्तन भइसकेका छन् ।

उनले आफ्नो वैंश नै विद्यालयमा सेवा गरेर विताए । ३५ वर्षमा विद्यालय प्रवेश गरेका उनकोे उमेर ५७ वर्ष कटीसकेको छ । २२ वर्ष सेवा गरेका  उनकोे तलव बल्ल यसवर्षदेखि ५ हजार पुगेको छ । ५ सय बाट सेवा सुरु गरेका  उनलाई २/४  वर्षमा १/२ सयका दरले बढाउदै विद्यालयले हाल पाँच हजार बनाइदिएको छ । उनले आफ्नो विगत खोतले ।

उनी भन्छन् -‘मैले मेरो मर्का बुझिदेलान, एक दिन बढाइदेलान  भन्दै केहि भनिन् । तर त्यो दिन कहिल्यै आएन । खाली आश्वासन दिनेमात्रै काम भयो ।’

‘परिवारले अर्कै जागिर खान वेलावेलामा आग्रह गर्ने गरेको भएपनि नछोड बढाइदिन्छम  भन्ने आश्वासन दिएपछि जागिरलाई निरन्तरता दिएँ ।’ उनले भने  ।

‘ ६ जना छोरी र तिन जना छोरा र श्रीमान श्रीमती गरेर ११ जनाको ठूलो परिवार थोरै तलव आम्दानीको अन्य स्रोत नहुदा हिजोका दिनहरु एकैदमै पीडादायी रहे ’उनले रुन्चे अनुहार बनाएर भने। एकदिन स्थायी भइएला, पेन्सन पाइएला भनेर सहेर बसीयो बुढेशकालमा खालीहात लाग्ने भो । रुन्चे हाँसो हास्न खोज्दै उनले भने ।

सायद अहिलेको अवस्था आउला भन्ने त्यतिबेला अनुमान भएको भए विद्यालयमा जागिर खान्नथे होला । भावुक हुँदै उनले भने । ‘सबैले एकदिन राम्रो हुन्छ  भनेकाले विद्यालयमा नै जागिर खाँए बुदेशकालमा जोगी बनाउने पो रैछ ’ । उनी  भक्कानिए ।




‘त्यति वेला शरीरमा बल थियो । कामका धेरै अवशरहरु थिए । तर पनि यि साना केटाकेटीहरु सितै भुल्न मन लाग्यो । कलिला विद्यार्थीहरुलाइृ सिकाउदा सवै पिडाहरु भुल्थे ।’ बलिराम सरले लामोे सुस्केरा काटे ।

‘जतिले भेटे केही गर्ने आश्वासन मात्रै दिए । तर मेरो लागि कसैले केही गरेन ।’ उनकोले रुन्चे श्वरमा  पीडा पोखे । ‘सरकारी मान्छे, दलका नेताहरु, अभिभावक र प्रधानाध्यापकहरु सवैले गर्छु भने केहीगरेनन् । सरकारले पनि नयाँ नियम ल्याएको छरे भनेको सुन्छु । सक्दाजेल त विद्यालयको लागि गरियो तर अन्यमा अशक्त भएपछि खालीहात विदा हुनुपर्नेभो ।’ बुढेसकालमा खालीहात । म जस्तै अनिश्चित भविष्य तर्फ ।

विद्यालयकै सेवा गर्दै र विद्यार्थी पढाएरै आफ्ना वैंस सिध्याएका उनको बुढेसकालमा भने खालीहात  बिदा हुन प¥यो । ‘मैले पढाएका , सिँगान पुछेका, माया गरेका धेरै विद्यार्थी योग्य डाक्टर, इन्जिनियर र कुशल प्रशासक बने म बुढा भने सधैँको अस्थायी र दुखी रहिरहँे ।’ उनले पिडा मिश्रित हाँसो हाँस्न खोजे । तर उनकोको मुहारमा हाँसो कत्ति सुहाएन । लाग्थ्यो बरु उनी  रोएको भए वेस हुन्थ्यो ।

go to online result

Comments

Contact form

Name

Email *

Message *

Popular posts from this blog

स्थानीय सरकारले चाहे यथावत राख्न सक्छ

  गत आईतबार  राष्ट्रपति रामचन्द्र पाैडेलबाट   नेपाल ऐनलाई संशोधन गर्न बनेको   अध्यादेश जारी भएसँगै सामाजिक सञ्जालमा  सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा मनोनित गरिने व्यवस्था हटाईएको समाचारले खुबै चर्चा पायो । यो अध्यादेशले     शिक्षा  ऐनको   २०२८ को दफा झिक्ने र थप्ने काम भएको भएको थियो  ।  स‌शोधित उक्त एेनमा ८ दफा १२ (विद्यालय व्यवस्थापन समिति) को उपदफा १ को खण्ड ग मा रहेको बुद्धिजीवी, समाजसेवी दस लाख सहयोग गर्ने एक जना महिला सहित २ जना सदस्य रहने व्यवस्था हटाएको रहेछ भने  शिक्षक महासंघको प्रतिनिधित्वको व्यवस्थालाई खारेज गरेको कुरालाई सामाजिक सञ्जालमा मा मिश्रित प्रतिक्रियाहरु देखिन थाल्यो भने बिब्यसमा मनोनित दुईजना स‌ख्या घटाएकोमा धेरैले सहमत जनाएको प्रतिक्रिया देखिन्थ्यो । सामाजिक सञ्जालमा   क्रिया   प्रतिक्रिया  आउदै गर्दा केही पालिकाहरुले भने सुचनै निकालेर पुनर्गठन गर्न निर्देशननै जारी गरेको पढेँ ।  सुचना हुबहु  नक्कल गरेको लाग्यो । यसैक्रममा मेरो ध्यान  स्थानीय सरकार संचालन...

नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ ले शिक्षा ऐन २०२८ मा गरेका संशोधनहरु

नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ ले शिक्षा ऐन २०२८ मा गरेका संशोधनहरु १ राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीको पदावधि सम्बन्धी व्यवस्था हटाईएको २.राष्ट्रिय शिक्षा परिषद्मा प्राध्यापक संघ र नेपाल शिक्षक महासंघको प्रतिनिधित्व हटाईएको ३.जिल्ला शिक्षा समितिमा नेपाल शिक्षक महासंघको प्रतिनिधित्व हटाईएको ४.शिक्षक सेवा आयोगका पदाधिकारीको पदावधि सम्बन्धी व्यवस्था हटाईएको ५.सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समिति ९ वाट ७ बनाईएको । मनोनित गरिने व्यवस्था हटाईएको । ६.विदेशी शैक्षिक कार्यक्रम वा शिक्षण कोर्ष सञ्चालन सम्बन्धी प्रावधान थप गरिएको । ✍️ १ "विद्यालय" शब्दको सट्टामा अब "शैक्षिक संस्था" हुने ✍️ २ दफा २ को ट १ थप गरी त्यहाँ शैक्षिक कार्यक्रम भन्नाले शैक्षिक परामर्श सेवा, विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विदेशी शैक्षिक कार्यक्रम वा शिक्षण कोर्ष सञ्चालन गर्ने शैक्षिक कार्यक्रम सम्झनुपर्छ। ✍️३ दफा ४८क (राष्ट्रिय परीक्षा बोर्ड) को उपदफा ४ र ५ मा ४ वर्षको पदावधि हटेको । ✍️ ४ दफा ७क (परिषद सम्बन्धी व्यवस्था) को उपदफा २ को झ र ज झिकेको भन्नाले राष्ट्रिय श...

नेपालको संविधान २०७२ मा अध्यादेश (Ordinance) सम्बन्धी व्यवस्था

नेपालको संविधान २०७२ अनुसार सरकारले ल्याएको अध्यादेश (Ordinance) राष्ट्रिय सभाबाट स्वतः पारित हुनैपर्छ भन्ने व्यवस्था छैन। अध्यादेशको सम्बन्धमा संविधानले स्पष्ट कानुनी प्रक्रिया दिएको छ। नेपालको संविधान २०७२ मा अध्यादेश सम्बन्धी व्यवस्था नेपालको संविधान २०७२ को धारा ११४ मा अध्यादेश सम्बन्धी व्यवस्था गरिएको छ। जब संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) अधिवेशनमा हुँदैनन् र तत्काल कानुन बनाउन आवश्यक अवस्था हुन्छ, तब मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नुहुन्छ। अध्यादेश जारी भएपछि के हुन्छ ? अध्यादेश जारी भएपछि: संसद् बैठक बसेपछि अध्यादेश दुवै सदनमा पेश गर्नुपर्छ। संसद्ले स्वीकृत गरेमा मात्र त्यो नियमित कानुनसरह कायम रहन्छ। स्वीकृत नभएमा अध्यादेश निष्क्रिय हुन्छ। राष्ट्रिय सभाको भूमिका यदि अध्यादेश राष्ट्रिय सभामा पेश भयो भने: राष्ट्रिय सभाले समर्थन गर्न सक्छ, संशोधन सुझाव दिन सक्छ, वा अस्वीकृत पनि गर्न सक्छ। तर संघीय कानुन बन्न अन्ततः प्रतिनिधि सभाको भूमिका बढी निर्णायक हुन्छ, विशेष गरी आर्थिक र सरकारसँग सम्बन्धित विषयमा। अध्यादेश कति समयसम्म मान्य ...

नागरिकहरूको राय-सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो।  यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ। प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीज्यूको मुख्य योजना अनुरूप यो कदम चालिएको हो। दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावहरूलाई...

Followers