कार्यदल गठन : शिक्षक सरुवाको हल्ला फेरि चल्न थाल्यो
मातृका यादव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान नलिएको भए नेपालमा एमसीसी जस्ताको त्यस्तै अनुमोदन हुन्थ्यो
नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान नलिएको भए नेपालमा एमसीसी जस्ताको त्यस्तै अनुमोदन हुन्थ्यो’ भन्दै प्रचण्डलाई धन्याद दिएका दिएका छन् । अनुमोदनका लागि संसदमा पेस गरिएको एमसीसी र एमसीसीको अंगको रुपमा पारित गर्न लागिएको ‘व्याख्यात्मक घोषणा’को दफावार छलफलमा सहभागी हुँदै सांसद यादवले प्रचण्डकै अडानका कारण व्याख्यात्मक घोषणासहित मात्र एमसीसी अनुमोदन हुने परिस्थिति बनेको दावी गरेका हुन् । छलफलमा सहभागी हुने क्रममा सांसद यादवले भने– ‘यहाँ एमसीसी अनुमोदनबारे विभिन्न धारणा देखिए । कोही जस्ताको त्यस्तै पारित गर्नुपर्छ भन्ने, कोही संशोधनसहित पारित गर्नुपर्छ भन्ने, कोही पारित नै गर्न नहुने पक्षमा धारणाहरु थिए । तर, हाम्रा अध्यक्ष प्रचण्डले अडान नलिएको भए आज व्याख्यात्मक घोषणसहित एमसीसी अनुमोदन हुने अवस्था बन्ने थिएन । आज अध्यक्ष कमरेडलाई धन्यवाद दिनुपर्छ ।’ एमसीसीका कतिपय प्रवधानहरु हाम्रो सर्वभौमिकतामा आघात पुर्याने खालका थिए, उनले भने– अब, त्यो खतरा टरेकोछ । यसका लागि अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य नेताहरुलाई धन्यवाद दिनुपर