Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

मातृका यादव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान नलिएको भए नेपालमा एमसीसी जस्ताको त्यस्तै अनुमोदन हुन्थ्यो


नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान नलिएको भए नेपालमा एमसीसी जस्ताको त्यस्तै अनुमोदन हुन्थ्यो’ भन्दै प्रचण्डलाई धन्याद दिएका दिएका छन् ।




अनुमोदनका लागि संसदमा पेस गरिएको एमसीसी र एमसीसीको अंगको रुपमा पारित गर्न लागिएको ‘व्याख्यात्मक घोषणा’को दफावार छलफलमा सहभागी हुँदै सांसद यादवले प्रचण्डकै अडानका कारण व्याख्यात्मक घोषणासहित मात्र एमसीसी अनुमोदन हुने परिस्थिति बनेको दावी गरेका हुन् ।

छलफलमा सहभागी हुने क्रममा सांसद यादवले भने– ‘यहाँ एमसीसी अनुमोदनबारे विभिन्न धारणा देखिए । कोही जस्ताको त्यस्तै पारित गर्नुपर्छ भन्ने, कोही संशोधनसहित पारित गर्नुपर्छ भन्ने, कोही पारित नै गर्न नहुने पक्षमा धारणाहरु थिए । तर, हाम्रा अध्यक्ष प्रचण्डले अडान नलिएको भए आज व्याख्यात्मक घोषणसहित एमसीसी अनुमोदन हुने अवस्था बन्ने थिएन । आज अध्यक्ष कमरेडलाई धन्यवाद दिनुपर्छ ।’

एमसीसीका कतिपय प्रवधानहरु हाम्रो सर्वभौमिकतामा आघात पुर्याने खालका थिए, उनले भने– अब, त्यो खतरा टरेकोछ । यसका लागि अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य नेताहरुलाई धन्यवाद दिनुपर्छ ।

Comments

Popular posts from this blog

voice kids

 

UANTO IMG COLLECT

 

TSC IMG Collection

 

UANTO Multi Teacher Office

Followers