Skip to main content

Posts

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत मिति : २०७६।१०।१२ गते( माननीय मन्त्रीस्तरबाट) शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ शिक्षा तथा मान स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर२ ०७६ प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपुलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोशिमको दरबन्दी मिलानको काय स्थानीय तहगत रुपमा बाडफाड गरी दरबन्दी मिलान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिनेभनी मिति २०७६।०५।०४ मा भएको निर्णयलाई प्रकयागत रुपमा सरल, सहि र पारदर्शीढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागु गरको छ । परिच्छेद–१ प्रारम्भिक १. सक्षिप्त नाम  प्रारम्भ : (१) यस कार्यविधिको नाम : शिक्षक दरबन्दी(मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ रहको छ । (२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ । २. परिभाषा : विषय वा प्रसंगले अर्को अर

म त म नै हो

के लख्नु, र के वाेल्नु, के गर्नु हाे म यस्तै छु । यस्तै भन्दा कही कतै म जुजुमान भन्ने कथा सर्सती याद हुन्छ अली सानैमा पढेकाे सायद ७, ८ कक्षामा । काे नै किन हुन पर्याे र म त म नै हु । आफु अरुकोही किन हुन सकिन। फलानो जस्ताे भन्ने किन भइन यस्तै कुराहरु आउछन मनमा तर फेरी उहि संम्झन पुग्छु म त म नै हु । अरुकाे डाह इर्ष्या छैन मलाई । हाे म भन्ने गर्छु सवैलाइ राम्राे वन है असल हुनपर्छ। तर सवै राम्राे मात्रै भएकाे भए नराम्राे याे शव्दकाेषमा कहावाट पर्याे ।यहि साेच्छु फेरी त्यही म त म नै हु । के गरिस के पढिस सवैले साेधछन तर के गरीनस के भएन कसैलाइ वास्ता हुन्न। के भयाे सवैलाइ चासाे छ । के भएन कसैलाइ छैन । विवाह भयाे सवैलाइ चासाे हुन्छ। भव्य हुन्छ। २ वर्षपछि वावु भइयाे कसैलाइ केही फरक पर्देन केवल पर्छ त छाेरा की छाेरीमा भन्नेमा । ४ वर्ष पछी छाेरी छ फेरी पनि छाेरी कस्ताे अभागी खाली छाेरी मात्रै । के याे भन्नु नराम्राे हाे वा राम्राे वुझेकाे छैन किनकी म त म नै हु । समय चलिरहन्छ मेरा लागी मात्र अडिदैन अली वर्ष सुख दुख चलिरहन्छ । अनी फेरी कती कमाइस सवैले भन्न थाल्छन । केही देखिन्छ ए गरेछ । कसरी गर्या

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्तिलाई सङ्केत गरेको हुन्छ । त्

Followers