UANTO का मधेश प्रदेश अध्यक्ष श्री भुपनारायण अधिकारी यादव UNESCO आयोगको सदस्य र सामाजिक समितिको सदस्यमा मनोनयन हुनुभएको जानकारी प्राप्त भएकोछ । उहाँ संगठनको केन्द्रीय सचिबको जिम्मेवारीमा हुनु हुन्छ । यस अघि नै रामेश्वर प्रसाद यादव UNESCO आयोगको सहायक महासचिव पदमा नेपाल सरकारबाट नियुक्त भइसक्नु भएको छ । उहाँहरु दुबै हाल सर्लाही निवासी हुनुहुन्छ । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगमा शिक्षा, संस्कृति, सामाजिक, बिज्ञान र आम संचार समिति गरी पाँच विषयगत समिति रहेको हुन्छ । जसमध्ये उहाँ सामाजिक समितिमा मनोनित हुनु भएको हो । दोस्रो विश्व युद्धको संन्तापले अक्रान्त विश्वलाई आपसी शान्ति, मैत्री र विकासको माध्यमबाट समुन्नत गर्ने अभिप्रायले स्थापित संयुक्त राष्ट्र सङ्घको बहुआयामिक पहल मध्ये विश्वमा शिक्षा, विज्ञान, संस्कृति, सामाजिक तथा मानवीय र सञ्चार क्षेत्रमा अनुसन्धान, सशक्तिकरण र विकास गर्ने उद्देश्य सहित विशिष्टिकृत संस्थाको रूपमा स्थापित युनेस्को (UNESCO-United Nations Educational, Scientific and Cultural Organization) संयुक्त राष्ट्र सङ्घको एउटा विशिष्ट सङ्गठन हो । यसको स्थापना सन् १