Skip to main content

Posts

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व

१ नागरिक शिक्षाको अर्थ  नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे ।  त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।  नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य र कानुनी उपचार बारे सचेत गराउने शि...

शान्तिदुतका रुपमा शिक्षक

शान्तिदुतका रुपमा शिक्षक समाजमा शान्ति प्रवर्द्धन गरी मानव समाजलाई स‌रक्षित र सम्मानजनक जीवन यापन गर्न सक्षम तुल्याउनमा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । शान्ति प्रवर्द्धन गर्ने सबैभन्दा प्रभावकारी र निर्दोष माध्यम शिक्षा नै हो । त्यसैले शिक्षक शान्तिका दूत पनि हुन् । डेभिड आर. कोनराड (सन् १९८९) भन्छन्— ।वास्तवमा शान्ति शिक्षा शिक्षकका लागि थप जिम्मेवारी होइन, बरु उनीहरूका लागि सुनौलो अवसर हो ।’ शिक्षण एउटा गर्विलो पेशा हो, जसले समाजमा शान्ति र प्रेमको महत्व बुझाउँछ र तिनको भरणपोषण गर्छ । उसले असल शिक्षाको हतियारद्वारा विश्वका डरलाग्दा आणविक, जैविक र रासायनिक हतियारहरूलाई बिस्तारै उन्मूलन गराउन सक्छ । यसका साथै शिक्षकले अशान्तिको कारक तŒवलाई जरैदेखि उखेलेर फ्याँक्न, शान्तिका तŒवलाई मलजल गर्न, अहिंसालाई बढाउन र पीडितको घाउमा मलम लगाउन सहयोग गर्छ । शिक्षकले विद्यार्थीको खुशी र शान्तिमाआफ्नो सफलता देख्छ । हँसिलो शिक्षक नै शान्ति शिक्षक ।शान्तिका पहिलाो रूप मुस्कान हो।’  मदर टेरेसाको यो भनाइलाइ े आत्मसात गर्ने हो भने कक्षाकोठा होस् वा घर— शिक्षकले आफूलाई खुशी र हँसिलो रूपमा प्रस्तुत ग...

Followers