नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट निकाल्न सकिने ब्यवस्था
नागरिकता नियमावली संशोधन गरेसँगै अब नागरिकताको प्रतिलिपि निकाल्न गृहजिल्ला जानु नपर्ने भएको छ । राजपत्रमा प्रकाशित भएपछि नेपाली नागरिकले जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था सरकारले गरेको छ । यसअघि सम्बन्धित जिल्लाका प्रशासन कार्यालयबाट मात्रै प्रतिलिपि लिने व्यवस्था थियो । तर यो सुविधा राष्ट्रसेवक र उनीहरूका परिवारले मात्र पाउँदै आएका थिए ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता नियमावली, २०६३ (पाँचौँ संशोधन) स्वीकृत गरेको सरकारका प्रवक्ताले बताए । संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ । य
बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पारित गरेको शासकीय सुधारका एक सयबुँदे कार्यसूचीको २१ नम्बर बुँदामा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गर्ने उल्लेख थियो । निर्णय भएको करिब ६ महिनापछि सरकारले नागरिकता नियमावली संशोधन गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
तर अन्तरजिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुने र बायोमेट्रिक विवरणसमेत मिलेको हुनुपर्नेछ । नागरिकताको डिजिटल रेकर्ड भएका व्यक्तिले मात्रै यो सुविधा पाउनेछन् । पुराना नागरिकताको विवरण अझै डिजिटल रेकर्डमा प्रविष्ट नभइसकेकाका लागि भने यो सुविधा तत्काल उपलब्ध नहुन सक्ने गृह मन्त्रालयका अधिकारी बताउँछन् ।



Comments
Post a Comment
Thank you !