Skip to main content

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरूको छोटो परिचय

शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त      शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ ।  डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी   तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति  वि...

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरूको छोटो परिचय

शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू


 बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ ।
 डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ ।
तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ।
यसैगरी  तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति विष्णु घिमिरे रिमाल (महिला सदस्य) हुन् ।उहाँ आयोगको महिला सदस्य पदमा नियुक्त हुनुभएको हो। काठमाडौंकी स्थायी बासिन्दा उहाँ लामो समयदेखि प्राध्यापन, महिला अधिकार तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ ज्ञानोदय माध्यमिक विद्यालयमा प्रधानाध्यापकमा रहनु भएको थियो ।


यी पदाधिकारीहरूको नियुक्तिसँगै शिक्षक सेवा आयोगले पूर्णता पाएको छ र थाती रहेका सम्पूर्ण कामहरूले गति लिने अपेक्षा गरिएको छ। [












Comments

Popular posts from this blog

रक्षा बम र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश

जलवायु न्यायका लागि नेपालको आवाज · ब्लग 🌍 रक्षा बम · ग्रेटा थुनबर्ग · जलवायु न्याय जलवायु न्यायका लागि नेपालको आवाज रक्षा बमको अन्तर्राष्ट्रिय आवाज र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश “हामीलाई दान होइन, न्याय र क्षतिपूर्ति चाहिन्छ।” — रक्षा बम, नोबेल शान्ति सम्मेलन, ओस्लो 🇳🇵 नेपाली आवाज रक्षा बम : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु न्यायको आवाज नर्वेको ओस्लोमा आयोजित नोबेल शान्ति सम्मेलनमा मन्तव्य राख्दै युवा जलवायु अभियन्ता रक्षा बम नोबेल पिस फोरममा रक्षा बमले राखेको यो अभिव्यक्ति नेपालको लागि विश्व समुदायमा प्रवेश गर्ने प्रस्थान बिन्दु हो। एक जना युवाले अन्तर्राष्ट्रिय फोरममा यति कुरा राख्नु नेपालको लागि अवसर हो। अब राज्य तहबाट नै यही आवाजका साथ विश्व फोरममा जानुपर्छ। नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा Read more...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा onlinekhabar.com

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा onlinekhabar.com बाट साभार News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty