संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्यो नि’ उनी...
पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान तथा सिप (Fundamental Knowledge and Skill of Computer) | कम्प्युटर शिक्षा कक्षा ७
पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान तथा सिप (Fundamental Knowledge and Skill of Computer) | कम्प्युटर शिक्षा कक्षा ७
नेपाल राष्ट्रिय आधारभुत विद्यालय घारिवन,सुर्खेतFebruary 02, 2022

परिचय
कम्प्युटर एउटा विद्युतीय उपकरण हो । यसले हामीसँग हाम्रा अप्रशोधित डाटा लिई प्रशोधन (process) गरेर महत्त्वपूर्ण सूचना उपलब्ध गराउँछ । कम्प्युटर शब्द ल्याटिन (Latin) भाषाको कम्प्युटेयर (computare) बाट आएको हो । यसको अर्थ हिसाब (calculate) गर्नु हुन्छ । त्यसैले कम्प्युटरलाई सामान्यतया हिसाब गर्ने आधुनिक विद्युतीय उपकरणका रूपमा लिइन्छ । यसले हरेक किसिमका गणितीय हिसाब (mathematical calculation) लगायत तार्किक (logical) कार्य सम्पादन पनि गर्छ । कम्प्युटरले हाम्रो जीवनमा ठुलो प्रभाव पारेको छ । यसले हाम्रो जीवन शैलीमा परिर्वतन ल्याएको छ । साधारण चिठी पत्र टाइप गर्न र भिडियो गेम खेल्न मात्र नभई वैज्ञानिक खोज, मौसमको अनुमान, मिसाइलहरूको नियन्त्रण, चिकित्सा सम्बन्धी अनुसन्धान र सञ्चार जगतमा पनि कम्प्युटरको प्रयोग भएको छ।
कम्प्युटरको काम गर्ने सिद्धान्त (Working Principle of Computer)
कम्प्युटरले सामान्यतया इन्पुट, प्रोसेस र आउटपुट (input, process and output) को सिद्धान्तमा आधारित भएर काम गर्छ, जसलाई छोटकरीमा (IPO) को सिद्धान्त पनि भनिन्छ । तलको चित्रमा यसको काम गर्ने सिद्धान्त स्पस्ट पारिएको छ ।
![]() |
इन्पुट (Input) => प्रोसेस (Process) =>आउटपुट (Output) |
कम्प्युटरलाई यसको काम गर्ने सिद्धान्तका आधारमा पनि प्रस्तुत गर्न सकिन्छ । कम्प्युटर भनेको अप्रशोधित डाटाहरूलाई प्रशोधन गर्ने विद्युतीय उपकरण हो । जसले अप्रशोधित डाटालाई इन्पुट उपकरण (input device) मार्फत लिने, प्रशोधन उपकरण (processing device) मा प्रशोधन गर्ने र आउटपुट उपकरण (output device) मार्फत प्रशोधन भएको परिणाम (processing result) उपलब्ध गराउने काम गर्छ।
इन्पुट (Input)
इन्पुट भनेको कम्प्युटरले अप्रशोधित डाटा लिने प्रक्रिया हो । यो कार्य कम्प्युटरको इन्पुट उपकरणमार्फत गरिन्छ । किबोर्ड, माउस, माइक्रोफोन, ज्वाइस्टिक (keyboard, mouse, microphone, joystick) हरू कम्प्युटरको इन्पुट उपकरण अन्तर्गत पर्दछन् । यसमध्ये किबोर्ड र माउसचाहिँ सबै कम्प्युटरमा हुने अनिवार्य इन्पुट उपकरण हुन् ।
![]() |
माउस (Mouse) |
प्रशोधन (Processing)
![]() |
Processor |
प्रशोधन भनेको इन्पुट गरिएका अप्रशोधित डाटालाई हामीले दिएको निर्देशन (instruction) अनुसार प्रशोधन गर्ने प्रक्रिया हो । यो कार्य कम्प्युटरको प्रशोधन उपकरण अन्तर्गत हुन्छ । सिपियु (CPU - Central Processing Unit) कम्प्युटरको प्रशोधन उपकरण हो ।
आउटपुट (Output)
निष्कासन/उत्पादन (Output) भनेको प्रशोधन उपकरणमा प्रशोधन भएको परिणाम (Result) हामीलाई उपलब्ध गराउने प्रक्रिया हो । यो काम कम्प्युटरको आउटपुट उपकरण (Output Device) अन्तर्गत हुन्छ । मोनिटर, प्रिन्टर, स्पिकर (Monitor, Printer, Speaker) आदि कम्प्युटरका आउटपुट उपकरण हुन् ।
![]() |
Computer Monitor |
भन्डारण (Storage)
![]() |
RAM |
![]() |
Hard Disk |
क्रियाकलाप
कम्प्यूटर र यसमा प्रयोग भएका उपकरणका बारेमा छलफल गरेर कम्प्युटरका विभिन्न भाग बनाई कक्षा कोठामा टाँस ।
उत्तर: आफ्नो कम्प्युटर ल्याबमा भएका कम्प्युटरहरुमा प्रयोग भएका विभिन्न डिभाइसहरु स्मरण गर्दै चित्र बनाउने । (उपकरण वा डिभाइसहरुमा मोनिटर, किबोर्ड, माउस, सिपियु, स्पिकर, आदी अनिवार्य समावेश हुनुपर्नेछ । उदाहरणको लागि तलको चित्रलाई लिन सकिन्छ ।)
अभ्यास
१. तलका खाली ठाउँ भर :
(क) कम्प्युटर एक ........... उपकरण हो ।
(ख) कम्प्युटर .................. शब्द .................. बाट आएको हो।
(ग) कम्प्युटरको .............. भागमा अस्थायी रूपमा डाटा भन्डारण हुने गर्दछ।
(घ) किबोर्ड कम्प्युटरको .......... उपकरण हो।
(ङ) Hard disk मा आँकडा ........ रूपमा भन्डारण गरिन्छ।
उत्तर: खाली ठाउँको उत्तर यसप्रकार रहेको छ :
(क) कम्प्युटर एक विद्युतिय उपकरण हो ।
(ख) कम्प्युटर ल्याटिन भाषाको शब्द कम्प्युटेयर बाट आएको हो ।
(ग) कम्प्युटरको अस्थाई भण्डारण (र्याम) भागमा अस्थायी रूपमा डाटा भन्डारण हुने गर्दछ ।
(घ) किबोर्ड कम्प्युटरको इन्पुट उपकरण हो ।
(ङ) Hard Disk मा आँकडा स्थायी रूपमा भन्डारण गरिन्छ ।
२. ठिक र बेठिक छुट्याऊ :
(क) कम्प्युटरले तार्किक कार्य गर्छ ।
(ख) हामीले निर्देशन दिएपछि मात्र कम्प्युटरले कार्य गर्छ ।
(ग) प्रिन्टर प्रशोधन उपकरण हो ।
(घ) फ्ल्यास मेमोरी अस्थायी भन्डारण यन्त्र हो ।
(ङ) हार्ड डिस्क भन्डारण उपकरण हो ।
उत्तर: ठिक र बेठिकको उत्तर यसप्रकार रहेको छ :
(क) कम्प्युटरले तार्किक कार्य गर्छ ।
उत्तर: वेठिक (किनभने हामीले निर्देशन दिएपछि मात्र यसले काम गर्छ र आफ्नै विवेक वा तर्क प्रयोग गरेर काम गर्दैनँ ।)
(ख) हामीले निर्देशन दिएपछि मात्र कम्प्युटरले कार्य गर्छ ।
उत्तर: ठिक (किनभने निर्देशन वा कमाण्ड बिना कम्प्युटर कहिल्यै आफै चल्न सक्दैनँ । तर भाइबहिनीहरु वैज्ञानिकहरु आर्टिफिसियल इन्टिलिजेन्सबाट आफै चल्ने कम्प्युटरहरुको निर्माण गर्न निकै पहल गरिरहेका छन जसलाई पाँचौं पुस्ताको कम्प्युटर भनिन्छ । यन्त्र मानव वा रोबट यसको एउटा उदाहरण हो ।)
(ग) प्रिन्टर प्रशोधन उपकरण हो।
उत्तर: बेठिक (किनकी प्रिन्टरले कम्प्युटरबाट निर्देशन दिएपछि लेखिएका कुरा वा चित्रहरुलाई प्रिन्ट गरेर बाहिर निकाल्छ ।)
(घ) फ्ल्यास मेमोरी अस्थायी भन्डारण यन्त्र हो ।
उत्तर: बेठिक (किनकी फ्लास मेमोरी अर्थात पेन ड्राइभमा हामीले कुनै पनि डाटा वा फाइल आफैले डिलिट नगर्दासम्म धेरै समयसम्म बसिरहन्छ । यसमा RAM मा जसरी कम्प्युटर बन्द हुनसाथ डाटा आफै मेटिने हुँदैन ।
(ङ) हार्ड डिस्क भन्डारण उपकरण हो ।
उत्तर: ठिक: (किनकी यसमा कम्प्युटरको विभिन्न प्रोगाम, फाइल र डाटाहरु भण्डारण भएर बसेको हुन्छ ।)
३. तलका प्रश्नको उत्तर लेख :
(क) कम्प्युटर भनेको के हो ? यो कहाँ कहाँ प्रयोग हुन्छ ?
उत्तर: कम्प्युटर भनेको अत्याधुनिक विद्युतीय यन्त्र हो । यसले इन्पुटको रुपमा डाटा र निर्देशनहरु लिइ प्रशोधन एकाइमा प्रशोधन गरि आउटपूट डिभाइसहरुबाट अर्थपूर्ण नतिजा दिने गर्छ ।
(ख) कम्प्युटरले कसरी काम गर्छ ?
उत्तर: कम्प्युटरले IPO (Input => Process => Output) सिद्धान्तमा आधारित भएर काम गर्छ । यसले इन्पुट डिभाइसहरु जस्तै: किबोर्ड, माउस, माइक्रोफोन, ज्वाइस्टिक आदि उपकरणहरुबाट निर्देशनहरु (commands) र कच्चा डाटाहरु लिएपछि प्रशोधन एकाइमा सिपियु वा प्रोसेसरमा डाटा प्रशोधन गरि आउटपूट डिभाइसहरु जस्तै: मोनिटर, प्रिन्टर, स्पिकर, प्रोजेक्ट आदिबाट स्वचालित रुपमा निरन्तर, छिटो, बहुउपयोगी र शुद्व तरिकाले अर्थपूर्ण नतिजा दिने गर्छ ।
- Get link
- X
- Other Apps
Comments