Skip to main content

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्रभाव नेपालले भोगिरहेको उल्लेख गर्दै उहाँले यो केवल मानवीय संक...

पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान तथा सिप (Fundamental Knowledge and Skill of Computer) | कम्प्युटर शिक्षा कक्षा ७

 

पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान तथा सिप (Fundamental Knowledge and Skill of Computer) | कम्प्युटर शिक्षा कक्षा ७

Print Friendly and PDF

 परिचय

कम्प्युटर एउटा विद्युतीय उपकरण हो । यसले हामीसँग हाम्रा अप्रशोधित डाटा लिई प्रशोधन (process) गरेर महत्त्वपूर्ण सूचना उपलब्ध गराउँछ । कम्प्युटर शब्द ल्याटिन (Latin) भाषाको कम्प्युटेयर (computare) बाट आएको हो । यसको अर्थ हिसाब (calculate) गर्नु हुन्छ । त्यसैले कम्प्युटरलाई सामान्यतया हिसाब गर्ने आधुनिक विद्युतीय उपकरणका रूपमा लिइन्छ । यसले हरेक किसिमका गणितीय हिसाब (mathematical calculation) लगायत तार्किक (logical) कार्य सम्पादन पनि गर्छ । कम्प्युटरले हाम्रो जीवनमा ठुलो प्रभाव पारेको छ । यसले हाम्रो जीवन शैलीमा परिर्वतन ल्याएको छ । साधारण चिठी पत्र टाइप गर्न र भिडियो गेम खेल्न मात्र नभई वैज्ञानिक खोज, मौसमको अनुमान, मिसाइलहरूको नियन्त्रण, चिकित्सा सम्बन्धी अनुसन्धान र सञ्चार जगतमा पनि कम्प्युटरको प्रयोग भएको छ।

कम्प्युटरको काम गर्ने सिद्धान्त (Working Principle of Computer)

कम्प्युटरले सामान्यतया इन्पुट, प्रोसेस र आउटपुट (input, process and output) को सिद्धान्तमा आधारित भएर काम गर्छ, जसलाई छोटकरीमा (IPO) को सिद्धान्त पनि भनिन्छ । तलको चित्रमा यसको काम गर्ने सिद्धान्त स्पस्ट पारिएको छ ।
Computer Input, Process and Output
इन्पुट (Input) => प्रोसेस (Process) =>आउटपुट (Output)
कम्प्युटरलाई यसको काम गर्ने सिद्धान्तका आधारमा पनि प्रस्तुत गर्न सकिन्छ । कम्प्युटर भनेको अप्रशोधित डाटाहरूलाई प्रशोधन गर्ने विद्युतीय उपकरण हो । जसले अप्रशोधित डाटालाई इन्पुट उपकरण (input device) मार्फत लिने, प्रशोधन उपकरण (processing device) मा प्रशोधन गर्ने र आउटपुट उपकरण (output device) मार्फत प्रशोधन भएको परिणाम (processing result) उपलब्ध गराउने काम गर्छ।

इन्पुट (Input)


किबोर्ड (Keyboard)
किबोर्ड (Keyboard)
इन्पुट भनेको कम्प्युटरले अप्रशोधित डाटा लिने प्रक्रिया हो । यो कार्य कम्प्युटरको इन्पुट उपकरणमार्फत गरिन्छ । किबोर्ड, माउस, माइक्रोफोन, ज्वाइस्टिक (keyboard, mouse, microphone, joystick) हरू कम्प्युटरको इन्पुट उपकरण अन्तर्गत पर्दछन् । यसमध्ये किबोर्ड र माउसचाहिँ सबै कम्प्युटरमा हुने अनिवार्य इन्पुट उपकरण हुन् ।
माउस (Mouse)
माउस (Mouse)

प्रशोधन (Processing)

Core i7 Processor
Processor
प्रशोधन भनेको इन्पुट गरिएका अप्रशोधित डाटालाई हामीले दिएको निर्देशन (instruction) अनुसार प्रशोधन गर्ने प्रक्रिया हो । यो कार्य कम्प्युटरको प्रशोधन उपकरण अन्तर्गत हुन्छ । सिपियु (CPU - Central Processing Unit) कम्प्युटरको प्रशोधन उपकरण हो ।

आउटपुट (Output)

निष्कासन/उत्पादन (Output) भनेको प्रशोधन उपकरणमा प्रशोधन भएको परिणाम (Result) हामीलाई उपलब्ध गराउने प्रक्रिया हो । यो काम कम्प्युटरको आउटपुट उपकरण (Output Device) अन्तर्गत हुन्छ । मोनिटर, प्रिन्टर, स्पिकर (Monitor, Printer, Speaker) आदि कम्प्युटरका आउटपुट उपकरण हुन् ।
Computer Monitor

भन्डारण (Storage)

RAM
कम्प्यटर अरू विद्युतीय उपकरणभन्दा छुट्टै किसिमको शक्तिशाली विद्युतीय उपकरण हो । यसमा नयाँ नयाँ किसिमका विशेषता छन् । तीमध्ये भन्डारण गर्ने विशेषता महत्त्वपूर्ण छ । यसमा हामीले किबोर्डबाट टाइप गरेका डाटा र प्रशोधन उपकरणमा प्रशोधन भाएव परिणामलाई अस्थायी वा स्थायी रूपमा भन्डारण गर्न सकिन्छ । स्थायी रूपमा भन्डारण भएको डाटा वा प्रशोधन भएको परिणाम भविष्यमा पनि हामीले चाहेका बेला आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।
Hard Disk
कम्प्युटरले भन्डारण गर्ने कार्य भन्डारण उपकरणमा गर्छ । उदाहरणका लागि र्‍याम (RAM-Random Access Memory), हार्डडिस्क (Hard Disk), अप्टिकल डिस्क (Optical Disk), फ्ल्यास मेमोरी (Flash Memory/Pen Drive) आदी भन्डारण उपकरण हुन् । र्‍याम र हार्डडिस्क कम्प्युटरका अनिवार्य भन्डारण गर्ने उपकरण हुन् । र्‍याम (RAM) अस्थायी भण्डारण उपकरण हो भने हार्ड डिस्क, अप्टिकल डिस्क, फ्ल्यास मेमोरी स्थायी भन्डारण गर्ने उपकरण हुन् ।

क्रियाकलाप

कम्प्यूटर र यसमा प्रयोग भएका उपकरणका बारेमा छलफल गरेर कम्प्युटरका विभिन्न भाग बनाई कक्षा कोठामा टाँस ।
उत्तर: आफ्नो कम्प्युटर ल्याबमा भएका कम्प्युटरहरुमा प्रयोग भएका विभिन्न डिभाइसहरु स्मरण गर्दै चित्र बनाउने । (उपकरण वा डिभाइसहरुमा मोनिटर, किबोर्ड, माउस, सिपियु, स्पिकर, आदी अनिवार्य समावेश हुनुपर्नेछ । उदाहरणको लागि तलको चित्रलाई लिन सकिन्छ ।)

अभ्यास

१. तलका खाली ठाउँ भर :

(क) कम्प्युटर एक ........... उपकरण हो ।
(ख) कम्प्युटर .................. शब्द .................. बाट आएको हो।
(ग) कम्प्युटरको .............. भागमा अस्थायी रूपमा डाटा भन्डारण हुने गर्दछ।
(घ) किबोर्ड कम्प्युटरको .......... उपकरण हो।
(ङ) Hard disk मा आँकडा ........ रूपमा भन्डारण गरिन्छ।

उत्तर: खाली ठाउँको उत्तर यसप्रकार रहेको छ :

(क) कम्प्युटर एक विद्युतिय उपकरण हो ।
(ख) कम्प्युटर ल्याटिन भाषाको शब्द कम्प्युटेयर बाट आएको हो ।
(ग) कम्प्युटरको अस्थाई भण्डारण (र्‍याम) भागमा अस्थायी रूपमा डाटा भन्डारण हुने गर्दछ ।
(घ) किबोर्ड कम्प्युटरको इन्पुट उपकरण हो ।
(ङ) Hard Disk मा आँकडा स्थायी रूपमा भन्डारण गरिन्छ ।

२. ठिक र बेठिक छुट्याऊ :

(क) कम्प्युटरले तार्किक कार्य गर्छ ।
(ख) हामीले निर्देशन दिएपछि मात्र कम्प्युटरले कार्य गर्छ ।
(ग) प्रिन्टर प्रशोधन उपकरण हो ।
(घ) फ्ल्यास मेमोरी अस्थायी भन्डारण यन्त्र हो ।
(ङ) हार्ड डिस्क भन्डारण उपकरण हो ।

उत्तर: ठिक र बेठिकको उत्तर यसप्रकार रहेको छ :
(क) कम्प्युटरले तार्किक कार्य गर्छ ।
उत्तर: वेठिक (किनभने हामीले निर्देशन दिएपछि मात्र यसले काम गर्छ र आफ्नै विवेक वा तर्क प्रयोग गरेर काम गर्दैनँ ।)
(ख) हामीले निर्देशन दिएपछि मात्र कम्प्युटरले कार्य गर्छ ।
उत्तर: ठिक (किनभने निर्देशन वा कमाण्ड बिना कम्प्युटर कहिल्यै आफै चल्न सक्दैनँ । तर भाइबहिनीहरु वैज्ञानिकहरु आर्टिफिसियल इन्टिलिजेन्सबाट आफै चल्ने कम्प्युटरहरुको निर्माण गर्न निकै पहल गरिरहेका छन जसलाई पाँचौं पुस्ताको कम्प्युटर भनिन्छ । यन्त्र मानव वा रोबट यसको एउटा उदाहरण हो ।) 
(ग) प्रिन्टर प्रशोधन उपकरण हो।
उत्तर: बेठिक (किनकी प्रिन्टरले कम्प्युटरबाट निर्देशन दिएपछि लेखिएका कुरा वा चित्रहरुलाई प्रिन्ट गरेर बाहिर निकाल्छ ।)
(घ) फ्ल्यास मेमोरी अस्थायी भन्डारण यन्त्र हो ।
उत्तर: बेठिक (किनकी फ्लास मेमोरी अर्थात पेन ड्राइभमा हामीले कुनै पनि डाटा वा फाइल आफैले डिलिट नगर्दासम्म धेरै समयसम्म बसिरहन्छ । यसमा RAM मा जसरी कम्प्युटर बन्द हुनसाथ डाटा आफै मेटिने हुँदैन ।
(ङ) हार्ड डिस्क भन्डारण उपकरण हो ।
उत्तर: ठिक: (किनकी यसमा कम्प्युटरको विभिन्न प्रोगाम, फाइल र डाटाहरु भण्डारण भएर बसेको हुन्छ ।)

३. तलका प्रश्नको उत्तर लेख :

(क) कम्प्युटर भनेको के हो ? यो कहाँ कहाँ प्रयोग हुन्छ ?
उत्तर: कम्प्युटर भनेको अत्याधुनिक विद्युतीय यन्त्र हो । यसले इन्पुटको रुपमा डाटा र निर्देशनहरु लिइ प्रशोधन एकाइमा प्रशोधन गरि आउटपूट डिभाइसहरुबाट अर्थपूर्ण नतिजा दिने गर्छ ।

(ख) कम्प्युटरले कसरी काम गर्छ ?
उत्तर: कम्प्युटरले IPO (Input => Process => Output) सिद्धान्तमा आधारित भएर काम गर्छ । यसले इन्पुट डिभाइसहरु जस्तै: किबोर्ड, माउस, माइक्रोफोन, ज्वाइस्टिक आदि उपकरणहरुबाट निर्देशनहरु (commands) र कच्चा डाटाहरु लिएपछि प्रशोधन एकाइमा सिपियु वा प्रोसेसरमा डाटा प्रशोधन गरि आउटपूट डिभाइसहरु जस्तै: मोनिटर, प्रिन्टर, स्पिकर, प्रोजेक्ट आदिबाट स्वचालित रुपमा निरन्तर, छिटो, बहुउपयोगी र शुद्व तरिकाले अर्थपूर्ण नतिजा दिने गर्छ ।

Comments

Popular posts from this blog

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्रभाव नेपालले भोगिरहेको उल्लेख गर्दै उहाँले यो केवल मानवीय संक...

सर्वोच्चले भन्यो ‘अन्य प्रमाणबाट पनि श्रीमान्–श्रीमतीको नाता पुष्टि हुन सक्छ’

सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ताको प्रमाणपत्र बाध्यकारी नभएको व्याख्या गरेको छ। प्रमाणपत्र अनिवार्य र अपरिहार्य नहुने भन्दै सर्वोच्चले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ। आपसी सल्लाहमा मन्दिरमा गएर विवाह गरेका, त्यसपछि डेरा लिएर पतिपत्नीको रूपमा बसेका तर विवाह दर्तालगायत कुनै पनि प्रक्रिया पूरा नगरेको अवस्थामा समेत विवाहित मान्न मिल्ने फैसलाको पूर्णपाठमा उल्लेख छ।  एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्नीको रूपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर्ता अनिवार्य नहुने’ भनेको छ। ‘विधायिकाले कुनै कार्यबाट एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने भनी कानुनी आधार बनाएको थियो,’ सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘प्रत्यक्ष प्रमाणको अभाव भए पनि वैवाहिक सम्बन्ध देखिने अन्य सान्दर्भिक प्रमाण र परिस्थितिजन्य प्रमाणबाट निष्कर्षमा पुग्नुपर्ने हुन्छ।’ २०६४ सालमा विराटनगरस्थित मेट्रोपोलिस क्याम्पसमा उच्च तहको अध्ययन गरिरहेका बेला सुनसरीकी ...

More than 171 million students had their schooling disrupted by climate hazards in 2025 – UNICEF विश्वभरका १७ करोड १० लाखभन्दा बढी (वा १० मध्ये १ जना) विद्यार्थीको पढाइ जलवायुजन्य विपद्का कारण बाधा पुगेको छ।

  09 September 2026 Christianah, 11, stands in her secondary school classroom which was destroyed by Tropical Storm Jude in the Grand Sud region of Madagascar in March 2025. ११  वर्षीया क्रिस्टियाना, मार्च २०२५ मा मडागास्करको ग्रान्ड सुड क्षेत्रमा आएको ट्रपिकल स्टर्म जुड (उष्णकटिबंधीय आँधी) ले ध्वस्त पारेको आफ्नो माध्यमिक विद्यालयको कक्षाकोठामा उभिएकी छिन् । More than 171 million students had their schooling disrupted by climate hazards in 2025 – UNICEF Storms, floods, and heatwaves most common climate hazards causing school closures, class suspensions, and other education interruptions NEW YORK, 10 September 2026 – More than 171 million students globally – or 1 in 10 – from pre-primary to upper secondary age had their schooling disrupted by climate hazards in 2025, according to a new analysis released by UNICEF today.  Learning Interrupted: Global Snapshot of Climate-Related School Disruptions in 2025 analyses data from 106 countries or territories and finds that clim...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty