Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...
बिहीबार, १४ मङ्सिर २०८






तलब माग गर्दै नगरपालिका अगाडि शिक्षक–कर्मचारीको धर्ना

रातोपाटी संवाददाता

रातोपाटी संवाददाता

बुधबार, १८ पुस २०८०, १५ : ३६

52

Shares

facebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

तलब माग गर्दै नगरपालिका अगाडि शिक्षक–कर्मचारीको धर्ना

sagarmatha cement

रातोपाटी संवाददाता

रातोपाटी संवाददाता

बुधबार, १८ पुस २०८०

संग्रह

52

Shares

facebook sharing button

twitter sharing button

whatsapp sharing button

sharethis sharing button

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारी तलबको माग गर्दै बुधबारदेखि धर्नामा बसेका छन् । जनप्रतिनिधिबिच आपसी विवादका कारण गत साउनदेखि तलब पाउन नसकेका शिक्षक–कर्मचारीले नगरपालिका कार्यालय अगाडि धर्ना सुरु गरेका हुन् ।


Tata

Futuressoft

Folliderm

नगरक्षेत्र अन्तर्गतका प्रत्येक माविबाट ३ जना, निमाविबाट २ जना, प्राविबाट १ जना गरी पालैपालो धर्ना सुरु भएको हो । समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलन स्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना जारिरहने दुधिअवाका शिक्षक रञ्जन खरेलले बताए ।


Laxmi sunrise bank

फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिबिचको विवाद चरम उत्कर्षमा पुगेको छ । तत्कालीन मेयर गोपाल राय यादव निलम्बित भएसँगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधिबिच विवाद उत्पन्न भएको हो । विवादकै कारण नगरसभा हुन नसकेकाले शिक्षक–कर्मचारीले तलब पाउन सकेका छैनन् ।


Shivam Cement

मन्त्रालयको निर्देशनमा फतुवामा केही समय अघि प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका उपसचिव सुरेन्द्र प्रधान र मेयर खातुनको प्रयासमा अघिल्लो महिना सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । मेयर खातुनको निर्देशनमा नगरसभाको लागि पटकपटक बैठक बोलाउँदा कांग्रेसका वडा अध्यक्षहरुसँगै कार्यपालिका बोर्डका सदस्य जनप्रतिनिधिहरु विभिन्न आरोप लगाउँदै बैठकमा उपस्थित भएका छैनन् ।


Nabil bank

नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् । कार्यपालिका बोर्ड बैठक बसेर नगरसभाको दिन तोक्न तीन पटक लिखित सूचना पठाउँदा मेयरबाहेक कांग्रेस समर्थित जनप्रतिनिधि वडा अध्यक्षहरुले पत्र नै नबुझेकोले अन्यौल बनेको प्रमुख प्रशासकीय अधिकृत प्रधानले गुनासो गरे ।


वडा अध्यक्षहरुको बखेडा तथा अवरोधका कारण नगरपालिकाको कामकाज प्रभावित भइरहेको कार्यवाहक मेयर अम्बेया खातुनले बताइन् । कांग्रेस पार्टीका वडा अध्यक्ष राजेश यादवले कार्यवाहक मेयर कांग्रेस पार्टीकै भए पनि स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेकाले विरोध गर्नुपरेको बताए । पार्टीभित्र आएर आत्मालोचना गरे आफूहरु बैठकमा सहभागी हुने उनको भनाइ छ ।


NHCL

फतुवा विजयपुर नगरपालिकाशिक्षक–कर्मचारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Likes

मन पर्‍यो (0%)


dislike

मन परेन (0%)


neutral

तटस्थ (0%)


angry

रिस उठ्यो(0%)


Hamroo patro


Comments

Popular posts from this blog

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन अनेरास्ववियु क्रान्तिकारीको माग

काठमाडौं ।  नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा युवा तथा विद्यार्थीबाट सुझाव मागेका अर्थमन्त्री जनार्दन शर्मालाई बिहीबार अखिल क्रान्तिकारीको तर्फबाट १७ बुँदे सुझाव बुझाइएको हो । सुझावमा आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरिनुपर्ने, माध्यमिक शिक्षा निशुल्कको अधिकारलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने, हरेक वर्ष एउटा आवासिय सुविधासहितको विद्यालय स्थापना गर्नुपर्ने, हरेक मावि तहको विद्यालयमा प्रयोगशाला हुनुपर्ने लगायतका सुझावहरु क्रान्तिकारीले दिएको छ ।  अनेरास्ववियु क्रान्तिकारीले अर्थमन्त्रीलाई बुझाएको सुझावपत्र यस्ताे छः माननीय अर्थमन्त्री ज्यू, अर्थ मन्त्रालय  सिंहदरबार काठमाडौं  बिषय : सुझाव सम्बन्धमा   उपरोक्त सम्बन्धमा माननीय अर्थमन्त्री द्वारा नयाँ आ.व. ०७९/०८० को लागि युवा विद्यार्थी बाट सुझाव संकलन कार्यक्रम राख्नुभएकोमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) को तर्फबाट सराहना गर्दछौं । तपाईं कोभिड -१९ बाट थिलथिलो भएको अर्थतन्त्र, बदलिएको विश्व  परिवेश...

ह्यारीले बनाइदिएको विद्यालय जीर्ण, शिक्षकलाई तलब दिन चन्दा संकलन

  ०७२ सालको महाविनाशकारी भूकम्पको केन्द्र गोरखा थिलथिलो भयो । विद्यालय र सार्वजनिक भवन मात्रै होइन, मान्छेका घरहरू समेत खण्डहर बने । भूकम्पबाट धार्चे र बारपाक क्षेत्र सबैभन्दा बढी प्रभावित भए । लामो समय विद्यालयनै खुलेनन् । बिस्तारै चउरमा बालबालिका राखेर पढाई हुन थाल्यो । चउरमै बसिरहेका विद्यार्थीको पीडा देख्न नसकेर टीम रूविकन (बेलायती सेनाबाट अवकास प्राप्तहरूको संस्था) ले धार्चे गाउँपालिकास्थित लापूबेँशीको प्रभात किरण माविको भवन बनाइदिने निधो गर्याे । भूकम्प गएको केही समयमै विद्यालय बन्ने भएपछि गाउँलेहरू खुसी भए । विदेशीहरू आएर धमाधम काम गर्न थाले । केही समयपछि नौ जनाको टोली पनि थपियो, विदेशी नै । गाउँलेहरूले ठाने उनीहरूपनि स्वंसेवक होलान । सँगसँगै माटो बोके, गारो लगाए । केही दिनपछि हल्ला चल्न थाल्यो, बेलायती तत्कालीन राजकुमार गोरखाको विकट गाउँमा विद्यालय बनाउन गए । समाचार सुनेपछि गाउँलेहरू मुखामुख गर्न थाले । अलि दिन बितेपछि थाहा भयो, आफैंसँग ढुंगामाटो बोकिरहेका व्यक्ति बेलायती राजकुमार प्रिन्स ह्यारी रहेछन् । ‘निकै साधारण मान्छे । सबैसँग मिल्ने, दुःखमा पनि रमाउने,’ स्थानीय ...

Followers