Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जेल चलान

 

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जेल चलान



कुश्मा, लौरो खबर : कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन् । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका उनलाई पोखराको मित्रमिलन सहकारीको क्षेत्र ११ वटै जिल्लामा विस्तार गर्नका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोप छ ।

न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । सञ्चालक समितिका सदस्य गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई समेत थुनामा पठाउन आदेश दिएको हो ।

सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी यसअघि नै कारागार चलान भएका थिए । प्रहरीले ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा हालसम्म ६ जना मात्र पक्राउ परेका छन् । अन्य फरारको खोजी भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिएका छन् ।

Comments

Popular posts from this blog

voice kids

 

UANTO IMG COLLECT

 

TSC IMG Collection

 

UANTO Multi Teacher Office

Followers