Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

भित्रभित्रै बहादुर भवनमा भसक्कै

 https://www.janaaastha.com/archives/82680



चुनावको मिति जति जति नजिकिँदैछ, निर्वाचन आयोगबाट सूचनाहरुको चुहावट पनि त्यही रफ्तारमा बढिरहेको छ । त्यसमाथि विवादास्पद पृष्ठभूमिका आयुक्त र कर्मचारीले आयोग भरिभराऊ छ ।

आयुक्त जानकी तुलाधरमार्फत एमाले उपमहासचिव विष्णु रिमाल दिनैपिच्छे विभिन्न किसिमका अभिलेख, सूचना र गतिविधिबारे जानकारी लिन्छन् । हिजो मंगलबारमात्रै संवेदनशील मानिने सूचना प्रविधि शाखाबाट चार–पाँच जना प्राविधिकको सरुवा भएको छ । उजुरी, दल दर्ता र मतदाता नामावली शाखामा अन्यत्रबाट कर्मचारी ल्याएर त्यहाँ भएकालाई बिदा गर्ने तयारी छ ।

राजपत्र काण्ड

दुई साताअघि निर्वाचन आयोगमा एउटा उजुरी प¥यो । ०७४ सालको निर्वाचनपछि देशभर ५५ स्थानीय तहका केही वडा एक–अर्कोमा गाभिएका वा छुट्टिएका छन् । त्यताको मतदाता नामावली ०७४ को निर्वाचनपूर्वको स्थितिमा यसचोटि अद्यावधिक गरिएको छ । उजुरकर्ताले राजपत्रमा प्रकाशित सूचना पनि पेश गरेका थिए ।

यसपछि आयोगमा हल्लीखल्ली मच्चियो । यदि उजुरी सही हो भने वैशाख ३० गते कम्तिमा ती ५५ स्थानीय तहमा निर्वाचन सम्भव हुँदैन । तलमाथि भएका वडाका मतदातामध्ये को, कुन वडामा छन् भन्ने कुरा पहिचान गर्नका लागि आयोगले स्थलगत रुपमा कर्मचारी खटाउनुपर्छ । फेरि ती ५५ स्थानीय तह एकै प्रदेशमा छैनन् । एउटा मेचीको बगरमा छ भने अर्को कर्णालीको तीरमा र अर्कोचाहिँ महाकाली छेउमा । त्यसैले खर्च पनि बढी हुन्छ ।

यसका लागि अर्थ मन्त्रालयसँग बजेट मागेर तुरुन्तै टोली परिचालित गर्ने मनस्थितिमा प्रमुख आयुक्त पुगे । तर, उजुरी परेको केही दिनमै आयोगमा एउटा नाटकीय घटना भयो । कसैले त्यही मितिको अर्को राजपत्र त्यहाँ पु¥यायो । स्थानीय तहका विषयमा प्रकाशित राजपत्रको अभिलेख राख्ने मन्त्रालय संघीय मामिला हो ।

त्यहाँ निर्वाचन आयोगबाटै सरुवा भएर गएका सचिव सुरेश अधिकारी छन्, जो प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका फुपुको छोरा हुन् । पछिल्लो राजपत्रमा सिमाना हेरफेर भएका स्थानीय तह हाल कायम रहेको स्थानीय तहबमोजिमकै हुन् भन्ने उल्लेख थियो । जबकि, उजुरकर्ताले पेश गर्दा निर्वाचन सम्पन्न भएपछि सिमाना हेरफेर भएका कारण आगामी निर्वाचनपूर्व मतदाता नामावली प्रकाशित गर्नुअघि मतदाताहरुको को, कता छन् भन्ने कुरा अद्यावधिक गर्नुपर्ने हुन्छ ।

विद्युतीयको बिजोग

आयोगले विद्युतीय मतदानको सम्भाव्यता अध्ययन गर्नका निम्ति सञ्चार मन्त्रालयका प्राविधिक सहसचिव अनिलकुमार दत्त, सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक प्रभातकुमार सिंहसहितको अध्ययन टोली बनाएको थियो ।

उक्त टोलीले प्रस्तुत गरेको निश्कर्ष थियो, ‘केही स्थानीय तह छनौट गरी विद्युतीय यन्त्रमार्फत मतदान गर्दा उपयुक्त हुने ।’ त्यसका लागि आयोगले अबिलम्ब विश्वविद्यालयका इलेक्ट्रोनिक, कम्प्युटर इञ्जिनियरिङ फाँटका प्राध्यापक एवं स्वतन्त्र विज्ञ सम्मिलित प्राविधिक विशेषज्ञ समिति (टेक्निकल एक्स्पर्ट कमिटी) बनाउन सुझाव दिएको थियो ।

उक्त कमिटीको रायअनुसार मतदान यन्त्र खरिद गर्नुपर्ने पनि त्यसमा उल्लेख थियो । तर, आर्थिक प्रशासन हेर्ने आयुक्त ईश्वरीप्रसाद पौड्यालले स्मार्ट म्याट्रिकका उपकरण खरिद गर्नुपर्ने अडान लिएपछि अन्ततः विद्युतीय मतदान नहुने भएको छ । कम्तिमा ७५३ क्षेत्रमा ५ लाखको दरले एउटै मेशिन किन्दा बजेटले नभ्याउने स्थिति पनि छ ।

ठेक्का र ठहर

सरकारले वैशाख ३० मा स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन खरिदसँग सम्बन्धित विभिन्न १२ वटा ठेक्का खुलाएको छ । त्यसमध्ये सबैभन्दा बढी खर्च हुने कागज आयातका लागि चौधरी गु्रपले सञ्चालन गरेको कम्पनी गोबियोनेटलाई ठेक्का दिइएको छ ।

ईश्वरीको स्नेहका कारण ०७४ कै निर्वाचनमा मतदाता परिचयपत्रलगायतका विभिन्न छपाईकार्य विवादास्पद ओम्नी समूहलाई दिईएको थियो । ओम्नीमार्फत ०७४ मा ३३ करोड रुपैयाँ खर्च गरेर किनिएको मतदाता नामावलीको प्रिन्टर अहिले काम नलाग्ने अवस्थामा छ । काठमाडौंको जहरसिंहपौवामा खरिद गरिएको २० रोपनी जमिन र बैंककमा पत्नीको उपचार खर्चका नाममा ओम्नीका तुलहरि सिंहसँग मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मसी जस्ता खरिदको कुरा कोट्याएर एकाथरिले अहिले आयुक्त पौडेलको बदनाम गराएका छन् ।

शंकैशंका

केपी ओली सरकारले नियुक्त गरेका भएरमात्र हैन, अन्य पृष्ठभूमिका कारण पनि आयोगका पदाधिकारीप्रति सरकारले शंकैशंका पालेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पहिला ओलीनिकट भनिए पनि हिजोआज माधव नेपालसँग बाक्लो सम्पर्कमा रहेका कारण उहाँमार्फत नै प्रधानमन्त्रीलाई सकारात्मक बनाइएको छ । तर, बाँकी आयुक्तको भूमिकामाथि प्रश्न उठेका छन् ।

राजनीतिक एवं प्रशासनिक अनुभव नभएकी जानकी तुलाधारको काम भनेकै विष्णु रिमाललाई आयोगका गतिविधिबारे जानकारी गराउने हो भनिन्छ । महाभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाका दुई जना प्रतिनिधि वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी र सेनाको फुल कर्णेलको जागिर सकिनासाथ नियुक्ति पाएका सगुनसमशेर राणा पनि आयुक्त छन् ।

आयोगका सचिव गोकर्णमणि दुवाडीलाई ओलीले छ चोटीसम्म बढुवा दिएनन् । मुख्यसचिव शंकरदास बैरागीको रोजाईमा आयोग पठाइएका सहसचिव शालिग्राम शर्मा पौड्याल सडक विभागको आर्थिक शाखा प्रमुख रहँदा आर्थिक मामिलामा मुछिएका थिए । तीन वर्षको जागिर बाँकी रहेका उनी निर्वाचनसम्बन्धी खरिदमा भाग खोजिरहेका छन् ।

अर्का सहसचिव यज्ञप्रसाद भट्टराई केपी ओलीको पालमा प्रम कार्यालयमै थिए । आयोगका कानुनी मामिलालाई आफू अनुकूल बनाउन ओलीले पठाएका सहसचिव भनेर चिनिन्छन् । सहसचिव तुल्सीबहादुर श्रेष्ठ पनि ओलीका खास मान्छे हुन् । झापाका विभिन्न स्थानीय तहको कार्यकारी अधिकृत बन्ने. मौका पाएका उनी आयोगबाट सरुवा भएर सामान्य प्रशासन गएका सचिव सुरेश अधिकारीका खास मानिसको रुपमा चिनिन्छन् ।

उपसचिव कमल ज्ञवाली महेश बस्नेतको सिफारिसमा आयोगमा गएका हुन् भनिन्छ । उनले मध्यपुर ठिमी नगरपालिकाको कार्यकारी अधिकृत, वैदेशिक रोजगार विभागमा लामो समय काम गरी अकुत सम्पत्ति आर्जन गरेको चर्चा छ । शाखा अधिकृत विश्वराज दाहाल राष्ट्रपतिको सिफारिसमा आयोग गएका हुन् । त्यहाँ जानुअघि शीतल निवासमै थिए । आयोगको खरिद शाखामा कार्यरत छन् । राष्ट्रपति कार्यालयमा रहँदा भवन निर्माणमा भएको घोटालापछि अख्तियारले मुद्दा चलाउने तयारी गरेको थियो ।


Comments

Popular posts from this blog

सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा ! विशेषगरी युवा पुस्ता र बालबालिका बढी प्रभावित

⚠️ संवेदनशील सामग्री चेतावनी (Sensitive Content Warning): यस पोस्टमा डिजिटल अपराध, नक्कली सामग्री (Deepfake), चरित्र हत्या, र साइबर दुर्व्यवहारका घटनाहरूको चर्चा गरिएको छ। यसले केही पाठकहरूमा असहजता, चिन्ता, वा पीडादायी सम्झनाहरू जगाउन सक्छ। कृपया विवेकपूर्वक पढ्नुहोला। यदि तपाईं यस्तो कुनै घटनाको पीडित हुनुहुन्छ भने, पोस्टको अन्त्यमा उल्लेखित सहायताका उपायहरू उपयोगी हुन सक्छन्। सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा डिजिटल युगको नयाँ चुनौती जब म मोबाइल स्क्रोल गर्छु, मेरो Facebook, TikTok, YouTube Shorts र रिलहरूमा अनावश्यक फोटो, भिडियो र स्टाटसहरू आइरहन्छन्। आफूलाई मनपर्ने नेता वा चर्चित व्यक्तिको नाम र फोटो प्रयोग गरिएको उस्तै नक्कली आईडीबाट अचम्म लाग्ने स्टाटस पोस्ट गरिएको देखिन्छ। कतै कसैको चरित्र हत्या गर्ने edited तस्वीर हुन्छ, कतै अपमानजनक भिडियो, कतै भ्रामक समाचार। आज सामाजिक सञ्जालमा यस्ता सामग्री यति धेरै देखिन थालेका छन् कि सत्य र झुट छुट्याउनै कठिन हुने अवस्था सिर्जना भएको छ। Artificial Intelligence (AI) का नयाँ उपकरणहरूको प्र...

रित्तो हात लिएर जागरिबाट अवकाश पाएका

    रित्तो हात लिएर जागरिबाट अवकाश पाएका धनबहादुर केसी पटकपटक थमैतीमा परेका सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट अवकास पाए । अदालतको आदेशमा थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन । हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्सा...

नागरिकहरूको राय-सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो।  यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ। प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीज्यूको मुख्य योजना अनुरूप यो कदम चालिएको हो। दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावहरूलाई...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Like or Dislike Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty