Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

 

मिति २०७९/१०/२० गते शुक्रबार वेलुकी ४बजे श्री भानु मा वि किसानपुरमा धनुषाधाम नगरपालिकामा एकिकृत अखिल नेपाल शिक्षक संगठनको दोश्रो नगर अधिवेशन शिक्षक नेता मंजूला यादव ज्यु को अध्यक्षतामा भएको नगर अधिवेशन मा प्रमुख अतिथि को रुपमा एकिकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सचिव दिनेश राय विशिष्ट अतिथि नगर कमिटीको माओवादी केन्द्रको पार्टी अध्यक्ष श्री विष्णी यादव ज्यु को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा ए अ ने शि सं धनुषा जिल्ला अध्यक्ष धर्मेन्द्र यादव, सचिव देवनन्दन ठाकुर,अर्थ सचिव सुरेन्द्र यादव राहत विभाग मधेश प्रदेश कमिटीको अध्यक्ष तथा मधेश प्रदेश को गैर भौगोलिक प्रदेश समेत को सह संयोजक गुलाव यादव,भानु मा.बि.किसानपुर को प्रधानाध्यापक जितेन्द्र कुमार यादव  लगायतका शिक्षक नेता हरु को उपस्थिति मा भएको नगर अधिवेशन पूर्ण जनबाद को प्रयोग गरि संजिव कुमार सिंह ज्युको अध्यक्षतामा २१ सदस्यिय नगर कमिटीको गठन गरि भव्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो।

Comments

Popular posts from this blog

voice kids

 

UANTO IMG COLLECT

 

TSC IMG Collection

 

UANTO Multi Teacher Office

Followers