Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो गर्जियो, ८१ जना विरुद्ध किटानी जाहेरी

 

  •  मुख्य 
  • अपराध  समाचार
    साभार deshsanchar.com

    नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो गर्जियो, ८१ जना विरुद्ध किटानी जाहेरी

    फाइल तस्बिर।

    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई मंगलबार पक्राउ परे। उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकारसमेत हुन्।

    राईलाई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन्।  उनी संविधानसभा सदस्य पनि थिए। राईलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी कुवेर कडायतले जानकारी दिए।

    गृहमन्त्रीका सल्लाहकार डा. राईसँगको मिलेमत्तोमा कम्तीमा १४५ जना नेपालीको नाम भुटानी शरणार्थीका रुपमा बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा थप गरेको भेटिएको स्रोतले जनाएको छ।

    हालसम्म प्रहरीमा २१ जना भन्दा धेरैले उक्त गिरोहविरुद्ध जाहेरी दर्ता गराएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए। उनका अनुसार ८१ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

    प्रहरीले बादलपछि गृहमन्त्री बनेका बालकृष्ण खाँणको नाम पनि संलग्न भएको हुनसक्ने अनुमान गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार उनको पालामा पनि चलखेल गरेर अनुसन्धान प्रभावित पार्ने प्रयास गरिएको थियो।

    इन्द्रजित राई २०७४ साल फागुन १४ देखि २०७८ साल असार २८ सम्म रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा सल्लाहकार थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको अनुसन्धानको प्रतिवेदनका आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

    त्यस्तै उक्त प्रकरणमा बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन्।

    पक्राउ पूर्जी जारी गरिएका सचिव पाण्डे बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित भएको काठमाडौँ प्रहरी प्रमुख एसएसपि दानबहादुर कार्कीले बताएका छन्। पाण्डे पूर्व गृहसचिवसमेत हुन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो । उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

    त्यस्तै तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

    बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

    बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

    प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो।

    तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ।

    गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोड रुपैयाँको चेक पनि प्रहरीले बरामद गरेको छ।  साथै यस घट्नामा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा पनि तानिएका छन्। उनीविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी थालेको छ।

    त्यस्तै प्रकरणमा आफ्नो नाम पनि जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले राष्ट्रपति र उपराष्ट्रपतिलाई भेटेका छन्। गिरोहमा संलग्न भेटिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईले बयानका क्रममा प्रेम राईको पनि नाम लिएपछि राईले बुधबार राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट गरेका हुन्।

    यस घट्नामा एकपछि अर्को व्यक्तिको नाम जोडिएपछि लहरो तान्दा पहरो आएको चर्चा चल्न थालेको छ।

    तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार, एमाले सचिव रहेका टोपबहादुर रायमाझी, उनका छोरा, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा लगायतका उच्च पदस्थ व्यक्तिहरुको समेत संलग्नता देखिएपछि गृह प्रसाशनमाथि नै प्रश्न उठेको छ। उच्च पदस्थ अन्य व्यक्तिहरुकोसमेत नाम यस घट्नासँग जोडिएको स्रोतले जनाएको छ।

    भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेको तीन दिनपछि मोरङका सागर राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

    पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूले पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी छुट्टाछुट्टै किटानी जाहेरी परेको थियो।

    सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ साल असार २९ गते  पूर्वसहसचिव पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

    त्यसको प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

    पक्राउ परेकामध्ये दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनको निजी सचिवालयमा काम गर्ने खुलेको छ।

    झापाको बेलडाँगी र मोरङको पथरी शिविरमा अझै ६ हजार ३ सय ६५ भुटानी शरणार्थी बाँकी रहेको विवरण छ । अरु शरणार्थी अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतको मुलुकमा पुनर्वासका लागि गइसकेका छन् ।

    बैशाख २०, २०८० मा प्रकाशित

    Comments

    Popular posts from this blog

    सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा ! विशेषगरी युवा पुस्ता र बालबालिका बढी प्रभावित

    ⚠️ संवेदनशील सामग्री चेतावनी (Sensitive Content Warning): यस पोस्टमा डिजिटल अपराध, नक्कली सामग्री (Deepfake), चरित्र हत्या, र साइबर दुर्व्यवहारका घटनाहरूको चर्चा गरिएको छ। यसले केही पाठकहरूमा असहजता, चिन्ता, वा पीडादायी सम्झनाहरू जगाउन सक्छ। कृपया विवेकपूर्वक पढ्नुहोला। यदि तपाईं यस्तो कुनै घटनाको पीडित हुनुहुन्छ भने, पोस्टको अन्त्यमा उल्लेखित सहायताका उपायहरू उपयोगी हुन सक्छन्। सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा डिजिटल युगको नयाँ चुनौती जब म मोबाइल स्क्रोल गर्छु, मेरो Facebook, TikTok, YouTube Shorts र रिलहरूमा अनावश्यक फोटो, भिडियो र स्टाटसहरू आइरहन्छन्। आफूलाई मनपर्ने नेता वा चर्चित व्यक्तिको नाम र फोटो प्रयोग गरिएको उस्तै नक्कली आईडीबाट अचम्म लाग्ने स्टाटस पोस्ट गरिएको देखिन्छ। कतै कसैको चरित्र हत्या गर्ने edited तस्वीर हुन्छ, कतै अपमानजनक भिडियो, कतै भ्रामक समाचार। आज सामाजिक सञ्जालमा यस्ता सामग्री यति धेरै देखिन थालेका छन् कि सत्य र झुट छुट्याउनै कठिन हुने अवस्था सिर्जना भएको छ। Artificial Intelligence (AI) का नयाँ उपकरणहरूको प्र...

    Proposal for Thesis

     १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

    रित्तो हात लिएर जागरिबाट अवकाश पाएका

        रित्तो हात लिएर जागरिबाट अवकाश पाएका धनबहादुर केसी पटकपटक थमैतीमा परेका सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट अवकास पाए । अदालतको आदेशमा थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन । हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्सा...

    नागरिकहरूको राय-सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म

     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो।  यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ। प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीज्यूको मुख्य योजना अनुरूप यो कदम चालिएको हो। दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावहरूलाई...

    Contact form

    Name

    Email *

    Message *

    Translate

    Follow us:
    facebook sharing button
    twitter sharing button
    instagram sharing button
    youtube sharing button
    messenger sharing button
    blogger sharing button

    Life Post

    5/block/Health Beauty