Skip to main content

Posts

Showing posts from April, 2023

कार्यदल गठन

कार्यदल गठन : शिक्षक सरुवाको हल्ला फेरि चल्न थाल्यो
काठमाडौं - नियमित पाईरहेको निवृत्तिभरण (पेन्सन) अकस्मात रोकिए पछि सेवा निवृत्त शिक्षकहरुले तत्काल निकासा गर्न माग गरेका छन् । महिना नाघिसक्दा पनि निवृत्तिभरण निकासा नगरेपछि निवृत्त शिक्षकहरुले तत्कालै निवृत्तिभरण निकासा गर्न माग गरेका हुन् ।  सेवा निवृत्त शिक्षकहरुको समूह ‘सेवा निवृत्त शिक्षक समाज’ले विज्ञप्ति मार्फत् सो माग गरेका हुन् । विगतमा नियमित रुपमा प्राप्त भइरहेको निवृत्ति भरण २०७९ चैत महिना नाघ्दा पनि सरकारले निवृत्तिभरण निकासा नगर्दा संघको ध्यानाकर्षण भएको र निवृत्तिभरणको भरमा बाँचिरहेका ज्येष्ठ नागरिक शिक्षकहरु प्रभावित भइरहेको विज्ञप्तिमा उल्लेख छ ।  ‘के सरकार आर्थिक रुपले टाट पल्टेकै हो ? यदि टाट पल्टेकै भए, शिक्षकहरुको लागि मात्र किन निृवृत्तिभरण रोकिन्छ ? के शिक्षकहरुलाई सरकारले विभेद गरेकै हो ?’ तत्कालै निकासा गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ ।  ‘हामीले पहिला महिनाको पहिलो हप्ता निवृत्ति भरण लिरहेका थियौं, पछि दोस्रो हप्ता सर्यो, तेस्रो हप्ता सर्यो, अहिले आएर महिना नै मरिसक्यो, निवृत्तिभरण पाएका छैनौं, सेवा निवृत्ति शिक्षक ज्ञानसागर प्रजापतिले भने त्यसले सरकार आर्थि

Followers