Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

डिमजनता स्कुलमा कृषि शिक्षाको आवश्यकता

 



facebook sharing button Share
twitter sharing button Tweet
messenger sharing button Share
email sharing button Email
sharethis sharing button Share

साधना पाठक । सर्लाही जिल्ला मधेश प्रदेश अन्तर्गत एक तराई जिल्ला हो। यो जिल्लालाई कृषि पकेट जिल्ला मानिन्छ । प्राकृतिक स्रोत र साधन ले भरिपूर्ण यो जिल्ला कृषि क्षेत्रको लागी निकै महत्वपूर्ण जिल्ला मानिन्छ । 

आर्थिक रुपले सकृय जनसंख्याको करिब ८० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आत्मनिर्भर छ । त्यसकारण पनि सल्यान जिल्लाको आर्थिक मेरुदण्ड भनेको कृषि नै हो । यस जिल्लाको कुल क्षेत्रफलको करिब ८०प्रतिशत भुभाग खेति योग्य मानिन्छ । कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको भएतापनि विभिन्न कारणहरुले गर्दा यो क्षेत्रमा उल्लेख्यनिय प्रगति भने हुन सकेको छैन । परम्परागत खेती प्रणाली, सिचाईको असुविधा, उत्पादीत बस्तुका लागि बजारको असुविधा, यातायात, आर्थिक तथा प्राविधिक सहयोग नहुनु नै कृषि क्षेत्रको प्रमुख चुनौति मानिन्छ । 

अधिकाशं मानिसहरु कृषि पेसामा संलग्न भएको कारणले गर्दा यहाँका मानिसहरुको रोजाई प्राविधिक शिक्षा अर्थात कृषि शिक्षा नै हुन गएको छ । छोटो समयमा, कम लागतमा र कम अंक (एस.एल.सी.) मा ल्याएर पढन पाईने र पढाई पछि तुरुन्त जागिर पाइने अथवा आफुले पढेको कुरालाई प्रत्यक्षरुपमा आफ्नै खेतबारी मा उपयोग गरी व्यवसायिक रुपमा कृषि तथा पशुपालन गरी मनग्ये आम्दानी गर्न सकिने भएको कारणले गर्दा शिक्षामा यहाँका मानिसहरुको आकर्षण बढदो छ । 
प्राविधिक शिक्षा हासिल गर्ने चहाना हुदा हुदै यस जिल्लामा उक्त सुविधा नहुदा यहाका विद्यार्थीहरु जिल्ला बाहिर अर्थात देशका विभिन्न स्थानमा गइ अनेकौ बाधा अड्चन पार गर्दै कृषि शिक्षा अध्यययन गर्ने गरेको कुरा सर्वविदित नै छ । आर्थिक पारिवारिक, समाजिक समस्याले गर्दा यो शिक्षा अध्ययन गर्न जिल्ला वाहिर जान सबैलाई सहज हुन सकेन जस्ले गर्दा प्राविधिक शिक्षा अर्थात कृषि शिक्षा  सबैको पहुचमा हुन सकेको छैन । 

यसै समस्यालाई मध्यनजर गर्दै यस श्री डिम जनता मा वि परवानीपुरमा कृषि जे.टि.ए. कार्यक्रम संञ्चालन हुन जरुरी छ जसले गर्दा यस जिल्ला मात्र नभई महोत्तरी, रौतहट, धनुषा, सिन्धुली जिल्ला समेतका विद्यार्थीहरु लाभान्वित हुनेछन् । यसको उपज नै यस जिल्लाको कृषि क्षेत्रमा क्रमिक सुधार आउन थाल्यो जसले गर्दा यहाका मानिसहरु आधुनिक व्यावसायिक तरकारी खेती, विभिन्न बालीहरुको विउ उत्पादन, फलफुल खेती, पशुपालन, मत्स्यपालन, मौरिपालन, बाख्रा, वंगुर, कुखुरापालन तर्फ मानिस आकर्षित हुदै जानेछन । 

आउदा वर्षहरुमा अझै बढी विद्यार्थीहरुको इच्छा चाहानालाई मध्यनजर गर्दै अन्य विभिन्न कार्यक्रमहरु संञ्चालन गर्ने लक्ष्य राख्नु जरुरी  छ । 



Comments

Popular posts from this blog

wbsite Security

HTTP means Not Secure Website HTTP protocol (Hypertext Transfer Protocol) is a protocol for transmitting data over the internet. It is the foundation of data communication on the World Wide Web. When you visit a website using HTTP, the connection between your web browser and the website's server is not encrypted, which means that any information you enter on the website, such as passwords or credit card numbers, could potentially be intercepted by a third party. HTTPS Means Secured Website On the other hand, HTTPS (Hypertext Transfer Protocol Secure) is a secure version of HTTP. It uses an encryption protocol called SSL (Secure Sockets Layer) or TLS (Transport Layer Security) to secure the connection between the web browser and the website's server. This means that any information you enter on a website using an HTTPS version is encrypted and cannot be easily intercepted by a third party.  

TSC IMG Collection

 

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

डगी डान्स’

  पछिल्लो समय नेपालका सरकारी कार्यालय कर्मचारीहरुको टिकटक बनाउने अखडा बन्न थालेका छन् । केहीबर्ष यता समाजिक सञ्जालहरु मध्ये लोकप्रिय बन्दै गएको टिकटकमा सर्वसाधारण प्रयोगकर्ता रमाउन थालेपछि सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ। निजामति कर्मचारीको आचारसंहिता बिपरित सामाजिक सञ्जालमार्फत सरकारी पोशाक लगाए कहिले कार्यक्षमै टिकटक बनाएको भेटिने गरेको छ त कहिले समाजमा अपाच्य हुने नाच भेटिन थालेको छ सरकारी पोशाक लगाएका कर्मचारीहरुले ‘डगी’ पोजमा चार हातखुट्टा टेकेर उत्तेजक भंगीमा देखाएका छन् ।  ब्याकग्राउन्डमा कुनै हिन्दी गीतको म्युजिक बजिरहेको सुनिन्छ पश्चिमा समाजमा प्रचलित यो डान्स स्टेप अहिले नेपालका डान्स पार्टीहरुमा पनि खुबै देखिन थालेको छ । अहिले तिज डान्समा धेरै महिलाहरु यो स्टेप गरिरहेका छन् । यस्तै सरकारी पोशाकमै ‘डगी डान्स’ गरेपछि आलोचित बनेका स्वास्थ्यकर्मीले माफी मागेका छन् । दाङको बबई गाउँपालिकाले सञ्चालन गरेको हापुरे प्राथमिक अस्पतालमा कार्यरत कर्मचारीले ‘डगी डान्स’ गरेपछि चौतर्फी आलोचना भएको हो । विप्लवसहितका ४ राजनीतिक दलले गरेको बन्दको...

Followers