पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान तथा सिप (Fundamental Knowledge and Skill of Computer) | कम्प्युटर शिक्षा कक्षा ७ नेपाल राष्ट्रिय आधारभुत विद्यालय घारिवन,सुर्खेत February 02, 2022 परिचय कम्प्युटर एउटा विद्युतीय उपकरण हो । यसले हामीसँग हाम्रा अप्रशोधित डाटा लिई प्रशोधन (process) गरेर महत्त्वपूर्ण सूचना उपलब्ध गराउँछ । कम्प्युटर शब्द ल्याटिन (Latin) भाषाको कम्प्युटेयर (computare) बाट आएको हो । यसको अर्थ हिसाब (calculate) गर्नु हुन्छ । त्यसैले कम्प्युटरलाई सामान्यतया हिसाब गर्ने आधुनिक विद्युतीय उपकरणका रूपमा लिइन्छ । यसले हरेक किसिमका गणितीय हिसाब (mathematical calculation) लगायत तार्किक (logical) कार्य सम्पादन पनि गर्छ । कम्प्युटरले हाम्रो जीवनमा ठुलो प्रभाव पारेको छ । यसले हाम्रो जीवन शैलीमा परिर्वतन ल्याएको छ । साधारण चिठी पत्र टाइप गर्न र भिडियो गेम खेल्न मात्र नभई वैज्ञानिक खोज, मौसमको अनुमान, मिसाइलहरूको नियन्त्रण, चिकित्सा सम्बन्धी अनुसन्धान र सञ्चार जगतमा पनि कम्प्युटरको प्रयोग भएको छ। कम्प्युटरको काम गर्ने सिद्धान्त (Working Principle of Computer) कम्प्युटरले सामान...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत मिति : २०७६।१०।१२ गते( माननीय मन्त्रीस्तरबाट) शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ शिक्षा तथा मान स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर२ ०७६ प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपुलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोशिमको दरबन्दी मिलानको काय स्थानीय तहगत रुपमा बाडफाड गरी दरबन्दी मिलान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिनेभनी मिति २०७६।०५।०४ मा भएको निर्णयलाई प्रकयागत रुपमा सरल, सहि र पारदर्शीढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागु गरको छ । विद्यार्थीले अरुका भनाइ नउतारी आफ्ना मौलिक भनाइ, सोंच, नविन विचार, कल्पना आदिलाई लिपिवद्ध गरि संचार गर्ने कार्यलाई सिर्जनात्मक लेखन भनिन्छ । परिच्छेद–१ प्रारम्भिक १. सक्षिप्त नाम प्रारम्भ : (१) यस कार्यविधिको नाम : शिक्षक दरबन्दी...