Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

मधुमेह बिरामीका लागि नेपालीले विकास गरेको उपयोगी एप

 

मधुमेह बिरामीका लागि नेपालीले विकास गरेको उपयोगी एप

काठमाडौं । पोखरामा रहेको स्वास्थ्य प्रविधि (हेल्थटेक) स्टार्टअप दक्ष एआई प्रालिले मधुमेह बिरामीहरूका लागि लक्षित गर्दै मोबाइल एप विकास गरेको छ । ‘Diabetes Sugar Tracker’ नामक एपमा मधुमेह बिरामीको


स्वास्थ्य सुधारमा सहयोग गर्नेगरी विभिन्न फिचर राखिएको छ ।

यसअन्तर्गत रगतमा चिनीको मात्रा ट्र्याक गर्ने, मधुमेह लक्षणहरू र आहारसम्बन्धी जानकारी रेकर्ड गर्ने, तौल अनुगमन गर्ने, औषधि व्यवस्थापन गर्ने लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । 

चाँडै नै एपमा रगतमा चिनीको मात्रा पढ्नेगरी हार्डवेयर इन्टिग्रेसन गर्ने, एपबाटै डाक्टरको समय लिन मिल्ने, खानपान सल्लाह सेवा थप्ने लगायतका योजना ल्याइएको छ । हाल आईओएस डिभाइसका लागि उपलब्ध यो एप निकट भविष्यमा एन्ड्रोइड र वेब प्लेटफेर्मका लागि समेत विकास गरिने कम्पनीले जनाएको छ ।

मेडिकल क्षेत्र (नर्सिङ) मा क्रियाशील रिता बराल र आईटी क्षेत्रमा क्रियाशील आविष्कार भट्टराईको पहलमा यो एप विकास भएको हो ।

Comments

Popular posts from this blog

९ एन–एएनसी हालसम्मकै ठूलो डोमेस्टिक दुर्घटना चरामा ठोक्किएर विमान दुर्घटना भएको आशंका

काठमाडौंबाट पोखराका लागि उडान भरेको यति एयरलाइन्सको एटिआर विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । चालक दलका सदस्यसहित ६८ यात्रु लिएर पोखरा उडेको उक्त विमान चरामा ठोक्किएर दुर्घटना भएको आशंका गरिएको छ । विमानमा  ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । दुर्घटनामा भएको मानवीय क्षतिकोे यकिन विवरण आइसकेको छैन । यदि विमानमा सवार ७२ जनाकै मृत्यु भएमा यो नै आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो दुर्घटना हुनेछ । यसअघि १४ मार्च २०१८ मा बंगलादेशबाट नेपाल आएको युएस–बङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो । मृतकहरु प्रति हार्दिक समवेदना छ ।

थप पाँच ऐन सहित संघीय शिक्षा ऐन आउँदै

अन्ततः संघीय शिक्षा ऐन जारी गर्दै शिक्षा मन्त्रालय, थप पाँच ऐन पनि आउँदै काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न ६ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतीक्षारत संघीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारूपसम्बन्धी विधेयकको मस्यौदा पनि तयार गरिएको छ । संघीय शिक्षा ऐनमा निःशुल्क र अनिवार्य शिक्षा ऐन तथा शिक्षा सेवा आयोग ऐन र राष्ट्रिय परीक्षा बोर्ड ऐनका केही विषय समायोजनका लागि तयारी गरिएको छ । संघीय शिक्षा ऐनमा शिक्षक सेवा आयोगको मापदण्ड, सिद्धान्त र राष्ट्रिय शिक्षाको दर्शन, शिक्षा व्यवस्थापनबारे तीन तहका सरकारको स्पष्ट भूमिका, शिक्षकको तहगत प्रणालीबारे पनि सम्बोधन हुने जनाइएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले ती विधेयक रायपरामर्शका क्रममा रहेको र सकेसम्म चाँडै संघीय संसदमा प्रस्तुत हुने अपेक्षा रहेको बताए । प्रतिनिधिसभाको शिक्ष...

खबर स‌ग्रह

एक नम्बरमा नाम निस्कियो तर दरबन्दी चट । दरबन्दी लुकाउने प्रवृत्तिले सिर्जित यो समस्या सांसदहरुको विधुतिय हाजिरी प्रतिनिधिसभाका १७२ सांसदहरूको विद्युतीय हाजिरी लिनका लागि सङ्घीय संसद् सचिवालयले सांसदहरूको औँठाछाप लिने काम सम्पन्न गरेको छ ।  बिगतमा जस्तो अनुपस्थित भएर पनि हाजिर गरेर भत्ता बुझ्ने चलन रहेकोमा विद्युतीय हाजिरीले सांसदहरुलाई तोकिएको समयमा जाने आउने नियम  बसाउने र नआएको दिनको भत्ता बुझ्ने कार्यलाई पनि रोक लाग्नेछ भन्ने विश्वास गरेको छ सांसदहरूले बैठक कक्ष बाहिर तथा भित्र उपयुक्त स्थानमा गएर सहज ढङ्गले हाजिरी गर्ने प्रबन्ध गरिएको छ । ।  यता राष्ट्रियसभाले भने यसअघिदेखि नै विद्युतीय हाजिरी सुरु गरिसकेको छ । गज्जवको संयोग एउटै पालिकामा बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत, भतिजाे इन्जिनियर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ ।  पालिकामा अधिकृत नभएकै कारण बाउछोरालाई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने सौभाग्य जुरेको हो ।  यतिमात्र ...

नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व

१ नागरिक शिक्षाको अर्थ  नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे ।  त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।  नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य र कानुनी उपचार बारे सचेत गराउने शि...

Followers