Skip to main content

यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू

  यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू एआई प्रयोग गर्दा गोपनीयता र सुरक्षामा किन ध्यान दिनुपर्छ ? प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई (Artificial Intelligence) आधारित सेवाहरूको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ। आजकल विद्यार्थी, शिक्षक, पत्रकार, व्यवसायी तथा सामान्य प्रयोगकर्ताले समेत विभिन्न कामका लागि एआई प्रयोग गर्न थालेका छन्। त्यसमध्ये सबैभन्दा चर्चित एआई च्याटबटमध्ये एक हो च्याट जिपिटी। च्याट जिपिटीले प्रश्नको उत्तर दिन, लेख लेख्न, योजना बनाउन, अनुवाद गर्न, अध्ययनमा सहयोग गर्न तथा विभिन्न जानकारी उपलब्ध गराउन मद्दत गर्छ। यसले कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउन सहयोग गरे पनि प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाको विषयमा सधैं सचेत रहन आवश्यक हुन्छ। विशेषज्ञहरूका अनुसार एआई अत्यन्त उपयोगी भए पनि यसमा संवेदनशील तथा गोप्य जानकारी शेयर गर्दा जोखिम उत्पन्न हुन सक्छ। त्यसैले च्याट जिपिटीसँग कुन प्रकारका जानकारी शेयर गर्नु हुँदैन भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। च्याट जिपिटी : शक्तिशाली प्रविधि तर पूर्ण सुरक्षा होइन ओपन एआईद्वारा विकास गरिएको च...

मधुमेह बिरामीका लागि नेपालीले विकास गरेको उपयोगी एप

 

मधुमेह बिरामीका लागि नेपालीले विकास गरेको उपयोगी एप

काठमाडौं । पोखरामा रहेको स्वास्थ्य प्रविधि (हेल्थटेक) स्टार्टअप दक्ष एआई प्रालिले मधुमेह बिरामीहरूका लागि लक्षित गर्दै मोबाइल एप विकास गरेको छ । ‘Diabetes Sugar Tracker’ नामक एपमा मधुमेह बिरामीको


स्वास्थ्य सुधारमा सहयोग गर्नेगरी विभिन्न फिचर राखिएको छ ।

यसअन्तर्गत रगतमा चिनीको मात्रा ट्र्याक गर्ने, मधुमेह लक्षणहरू र आहारसम्बन्धी जानकारी रेकर्ड गर्ने, तौल अनुगमन गर्ने, औषधि व्यवस्थापन गर्ने लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । 

चाँडै नै एपमा रगतमा चिनीको मात्रा पढ्नेगरी हार्डवेयर इन्टिग्रेसन गर्ने, एपबाटै डाक्टरको समय लिन मिल्ने, खानपान सल्लाह सेवा थप्ने लगायतका योजना ल्याइएको छ । हाल आईओएस डिभाइसका लागि उपलब्ध यो एप निकट भविष्यमा एन्ड्रोइड र वेब प्लेटफेर्मका लागि समेत विकास गरिने कम्पनीले जनाएको छ ।

मेडिकल क्षेत्र (नर्सिङ) मा क्रियाशील रिता बराल र आईटी क्षेत्रमा क्रियाशील आविष्कार भट्टराईको पहलमा यो एप विकास भएको हो ।

Comments

Popular posts from this blog

‘विद्यार्थीबाट शुल्क लिनु गैरकानूनी हो; शिक्षा उद्योग होइन’

  शिक्षक आन्दोलनकै क्रममा शिक्षकहरुको पक्षमा लाग्दालाग्दै पनि बिद्यालय शिक्षा ऐन ल्याउन नसकी राजिनामा दिएका पूर्व शिक्षा मन्त्रीविद्या भट्टराई 'अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न सरकार उदासीन भएको हो ।] विद्या भट्टराई, पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यान्वयन गर्न निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  विद्या भट्टराई ले २०८३ सालसम्मको कार्ययोजना बनाएकी थिइन् । तर भट्टराईले ९ महिनामै पदबाट राजीनामा दिइन् । उनले आफ्नो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कति कार्यान्वयन गरिन् त ? अनलाइनखबरकर्मी  दिनेश गौतम ले गरेको कुराकानीको सम्पादित अंश : नौ महिना मन्त्री हुनुभयो । शुरूदेखि नै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा जोड दिनुभएको थियो । कति कार्यान्वयन गर्नुभयो  ? अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ पास भएपछि मन्त्रालयले केही काम शुरू गरेको थियो । किताब निःशुल्क दिने, खाजा दिने र छात्रवृत्तिको काम भएको थियो । र, निःशुल्क शिक्षा बनाउन स्थानीय तहलाई तयार पार्ने काम भयो । तर सबै ठाउँमा प...

डिमजनता स्कुलका विद्यार्थीहरु एस.इ.इ परीक्षामा सहभागी हुँदै ...........

श्री डिमजनता माध्यविद्यालयका विद्यार्थीहरु यस बर्षको  बैसाख ९ गते देखि संचालन हुने एस इ इ  परीक्षामा समावेश हुन जाँदैछन् । गत बर्ष  कोरोना महामारीको कारण विद्यालयले नै रा.प.बो.मा अंक पठाइ रिजल्ट निकालेको थियो । यस बर्ष पनि डेढ महिना कोरोनाको तेश्रो लहरले पढाइ भएको थिएन । यस बर्ष ७२ जनाले एस इ इ परीक्षामा सामेल हुने जानकारी विद्यालयले जानकरी गराएका छन् ।

डेनमार्कका बालबालिकालाई मिथिला चित्र सिकाउँदै रन्जु यादव

  डेनमार्कका बालबालिकालाई मिथिला चित्र सिकाउँदै रन्जु यादव युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिदै प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् । चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो । आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरुले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए । त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो ।युरोपका देशहरुमा आफ्नो एकल मिथिला चित्रकला प्रदर्शनी गर्नका लागि चित्रकार यादव बैशाख ६ गतेदेखि युरोप भ्रमणमा छिन् । जर्मनीको फ्र्यान्कफर्टमा बैशाख ८ गते चित्रकार यादवको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो । यस्तै बैशाख २९ र ३० गते डेनमार्कको कोपनहेगनमा दुई द...

UANTO IMG COLLECT

 

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty