Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

विराटनगरकी अञ्जु खतिवडा जसको श्रीमान‍्को सपना पूरा गर्ने थियो त्यो सपना आकासमा नै बिलाएर गयो ।

विराटनगरकी अञ्जु खतिवडा जसको श्रीमान‍्को सपना पूरा गर्ने थियो त्यो सपना आकासमा नै बिलाएर गयो ।


विराटनगर । कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यति एयरलाइन्सको विमानको को–पाइलट थिइन्, विराटनगरकी अञ्जु खतिवडा । खतिवडा २०६३ साल पछि पाइलट बन्ने ध्याउन्नमा लागेकी हुन् । त्यसअघि उनलाई अभिभावक (बुबा–आमा) ले नर्सिङ पढाउन चाहन्थे । त्यस बेला उनको श्रीमान् दीपक पोखरेल पाइलट थिए । पोखरेलले नेपाली सेनाको हेलिकप्टर उडाउँथे । जब उनलाई यति एयरलाइन्सले जागिर दिने अफर गर्‍यो उनले विमान चलाउन थाले । तर, २००६ मा जुम्लामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा पोखरेल सहित ९ जनाको ज्यान गयो । 
Laxmi bank

आफ्ना श्रीमानको सफल विमान चालक बन्ने सपना अधुरै रहेको ठानेर अञ्जुले श्रीमान्को सपना पूरा गर्ने निधो गरिन् । आफ्ना बुबा गोविन्द खतिवडा र आमा इन्दिरा खतिवडाले नर्सिङ अध्ययन गर्न भनेपनि उनी श्रीमानकै सपना पुरा गर्न भन्दै पाइलट बन्ने अभियानमा लागिन् । भारतमा प्लस टु पास गरेपछि उनले अमेरिकाबाट पाइलटको अध्ययन पूरा गरेर नेपाल आएकी थिइन् । यद्यपि उनले प्रशिक्षण उडान सम्पन्न गर्ने आजै अन्तिम दिन थियो । 


आज भएको यति एयरको एटिआर ७२ विमान दुर्घटनामा ६८ जना यात्रु बोकेर पाइलट कमल केसीले उडाउँदा खतिवडा कोपाइलट थिइन् । तर, आजको उडानलाई उनले सफलतापूर्वक सम्पन्न गर्न सकिनन् । अर्थात् उनको सफल पाइलट बन्ने सपना पूरा हुन पाएन ।

यस अघि पनि तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटना हुँदा कोपाइलट एयरहोस्टेज किस्मी थापा पाइलट बन्ने सपना पनि आकासमै बिलाएर गएको थियो ।


साहसी पाइलटहरुप्रति लौरो मिडिया हार्दिक सम्वेदना प्रकट गर्दछ ।








ओसिन आले मगर

Comments

Popular posts from this blog

युनेस्कोमा श्री भुपनारायण अधिकारी यादव मनोनित

UANTO का मधेश प्रदेश अध्यक्ष श्री भुपनारायण अधिकारी यादव UNESCO आयोगको सदस्य र सामाजिक समितिको सदस्यमा मनोनयन हुनुभएको जानकारी प्राप्त भएकोछ । उहाँ संगठनको  केन्द्रीय सचिबको जिम्मेवारीमा हुनु हुन्छ । यस अघि नै रामेश्वर प्रसाद यादव UNESCO आयोगको सहायक महासचिव पदमा नेपाल सरकारबाट नियुक्त भइसक्नु भएको छ । उहाँहरु दुबै हाल सर्लाही निवासी हुनुहुन्छ । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगमा शिक्षा, संस्कृति, सामाजिक, बिज्ञान र आम संचार समिति गरी पाँच विषयगत समिति रहेको हुन्छ । जसमध्ये उहाँ सामाजिक समितिमा मनोनित हुनु भएको हो । दोस्रो विश्व युद्धको संन्तापले अक्रान्त विश्वलाई आपसी शान्ति, मैत्री र विकासको माध्यमबाट समुन्नत गर्ने अभिप्रायले स्थापित संयुक्त राष्ट्र सङ्घको बहुआयामिक पहल मध्ये विश्वमा शिक्षा, विज्ञान, संस्कृति, सामाजिक तथा मानवीय र सञ्चार क्षेत्रमा अनुसन्धान, सशक्तिकरण र विकास गर्ने उद्देश्य सहित विशिष्टिकृत संस्थाको रूपमा स्थापित युनेस्को (UNESCO-United Nations Educational, Scientific and Cultural Organization) संयुक्त राष्ट्र सङ्घको एउटा विशिष्ट सङ्गठन हो । यसको स्थापना स...

माओवादी केन्द्रको भूमिका संकटमोचनकै रुपमा

    लालबन्दी सर्लाही नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संकटमोचनको भूमिकामा आफ्नो पार्टी रहेको बताएका छन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकटमोचनकै रुपमा रहेको बताए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले , ‘संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यौं यो पनि समान्य थिएन । यी सबै कुरामा हामी अघि बढेर देशलाई निकास दिने काम गर्यौं । अहिले पनि हामी जुनसुकै बेला देशको संकटमोचनका लागि लाग्नु पर्ने अवस्था छ ।’ भन्नुभयो । उनले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने बेलामा पनि देश नै संकटमा पर्ने अवस्था आएको र उक्त संकट समाधान गर्न एमसीसी पास गरेर संकटमोचन गरेको बताए । शनिवार नुवाकोटमा स्व. पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन् ।

Followers