नेपालमा पनि Meta Verified को प्रभाव आजको डिजिटल दुनियाँमा फेसबुक केवल सामाजिक सञ्जाल मात्र रहेन, यो व्यक्तिगत ब्रान्ड, समाचार माध्यम, व्यापार र राजनीतिक प्रभावको ठूलो प्लेटफर्म बनिसकेको छ। नेपालमा पनि धेरै कलाकार, पत्रकार, व्यवसायी र राजनीतिक व्यक्तिहरू फेसबुककै भरमा आफ्नो पहुँच विस्तार गरिरहेका छन्। पछिल्लो समय मेटाले ल्याएको “Meta Verified” नीति भने बहसको विषय बनेको छ। म स्वयं आफ्नो वेबसाइट shamser.info.np को पेज coding गरेर आफैं develop गर्छु। कहिलेकाहीँ केही ready-made code हरू पनि प्रयोग गर्छु। मेरो वेबसाइटमा Facebook share, comment र post embed जस्ता सुविधाहरू प्रयोग गर्न मेटाका developer tools लामो समयदेखि उपयोग गर्दै आएको थिएँ। तर अहिले तीमध्ये धेरै सेवा हटाइएका छन् वा सीमित बनाइएका छन्। जब मैले मेटाको developer platform हेरेँ, त्यहाँ धेरै सुविधा अब निःशुल्क नरहेको थाहा भयो। कतिपय सेवाका लागि subscription वा paid access आवश्यक पर्ने देखियो। यसले एउटा गम्भीर प्रश्न उठाएको छ — अब डिजिटल पहुँच पनि पैसाको आधारमा निर्धारण हुने हो ? आजको डिजिटल दुनियाँमा फेसबुक केवल सामाजिक स...
काठमाडौंका खोला किनारामा घरटहरा बनाएर बसेकाहरूलाई अहिले विभिन्न स्थानको ‘होल्डिङ सेन्टर’मा राखिएको छ । नयाँ शैक्षिक सत्र हुँदा बालबालिका भने विद्यालय जान पाएका छैनन् विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्वासी बस्तीका बालबालिका आफ्नो बासस्थाननजिकै रहेको विद्यालयमा पठनपाठनका लागि जान्थे । तर, सरकारले बस्ती हटाएर अन्यन्त्र सारेपछि होल्डिङ सेन्टरमा राखिएका विद्यार्थीहरूको पढाइमा बाधा परिरहको छ । । काठमाडौं महानगरपालिका अनुसार, चार देखि १६ वर्ष उमेर समूहका बालबालिका अभिभावकसँगै विभिन्न होल्डिङ सेन्टरमा छन् । दशरथ रंगशालामा रहेको दर्ता केन्द्रमा दर्ता भएअनुसार हालसम्म विद्यालय जाने उमेर समूहका ५९ बालबालिका छन् । वैशाख १४ गते ६ बालिबालिका दर्ताका लागि आएका थिए । त्यस्तै, १५ गते १९ जना, १८ गते २३ जना, १९ गते आठजना र २० गते तीन बालबालिकाको दर्ता भएको दर्ता सेन्टरले जनाएको छ । दर्ता हुन आएकाहरूलाई काठमाडौंको माछापोखरी, बोडे, चोभार, बसपार्क, सुन्धाराका होटेल, बालाजु, गोंगबुमा राखिएको छ । हालसम्म २८ सयभन्दा बढी सुकुम्वासीले नाम दर्ता गराएका छन् । यसमध्ये स्कुले ...